सबै कुरा बुझेको छु, समय पर्खनुहोस : पूर्वराजा ज्ञानेन्द्र

२०७३ जेष्ठ ८ गते, शनिबार

काडमाडौं, ८ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बीपी राजमार्ग हुँदै पूर्व लागेका छन् । सिन्धुलीमाढी पुगेका शाहलाई सरकारको मुख्य घटक दल राप्रपा नेपालका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् । शाहलाई कमलामाई नगरपालिकामा स्वागत गरिएको छ । स्वागतका क्रममा राप्रपा नेपालका नेता तथा कार्यकर्चाले पूर्वराजालाई देशबचाउन आग्रह गरेका थिए । अहिले देश संक्रमणमा गुज्रेको, देशको अर्थतन्त्र धराशयीभएको र भ्रष्ट्राचार मौलाएको भन्दै राजाका समर्थकले देश बचाउन आग्रह गरेको राप्रपा नेपाल सिन्धुलीका अध्यक्ष भीमप्रकाश श्रेष्ठले बताए । औपचारिक कार्यक्रम नभए पनि पार्टी र कार्यकर्ता तथा शुभेच्छुकले पूर्वराजालाई स्वागत गरेको श्रेष्ठको भनाई छ ।
आफैं ड्राइभिङ गर्दै सिन्धुलीमाढी आइपुगेका पूर्वराजाले गाडीबाटै स्वागत ग्रहण गरेका थिए । स्वागत कार्यक्रममा उनले सर्वसाधारणसँग भने ‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।’ उनी गाडीबाट भने ओर्लिएनन् । कडा सुरक्षाविच सिन्धुलीमाढीमा झण्डै २० मिनेटको अनौपचारीक तर संक्षिप्त स्वागत ग्रहण गरेका थिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रियाहरु