सरकारविरुद्ध नेवि संघ सडकमा

२०७३ जेष्ठ ६ गते, बिहीबार

काठमाडौं , ६ जेठ। नेविसंघ सरकारविरुद्ध सडकमा उत्रिएको छ । सरकारले कालोबजारी नियन्त्रण गर्न कुनै पहल नगरेको भन्दै नेविसंघ सडकमा उत्रिएको हो । नेवि संघले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै राजधानीको गरेको प्रदर्शन प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु भएर रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको अग्रभागमा बसेकाहरुले शिरमा काटो टालो बाँधेका थिए भने कालो मास्क नै लगाएका थिए । उनीहरुले बोकेको कालो ब्यानरमा ‘ओली सरकारको बहार, मन्त्री नै मन्त्री उपहार’, ‘सरकार कता हरायो ओलीजी, देश त कालो बजारीले चलायो’ जस्ता नारा लेखिएको थियो भने शंख समेत बजाइएको थियो ।
कोणसभामा नेवि संघ काठमाडौंका सभापति मनोज बैद्यले ओली सरकारले कालोबजारीलाई संरक्षण दिएको आरोप लगाए । नेपाल विद्यार्थी संघले १० गते विहान ८ बजे प्रधानमन्त्री निवास अगाडि खाली सिलिण्डर र जार प्रदर्शन गर्ने कार्यक्रम छ । नेविसंघका नेताहरुले प्रधानमन्त्री ओली गैरजिम्मेवार रुपमा प्रस्तुत हुन थालकाले प्रदर्शन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने बताएका छन् । नेविसंघका नेताहरुले प्रधानमन्त्री ओली गैरजिम्मेवार रुपमा प्रस्तुत हुन थालकाले प्रदर्शन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने बताएका छन् ।

प्रतिक्रियाहरु