गठवन्धनको बालुवाटार घेराउमा प्रहरी हस्तक्षेप

२०७३ जेष्ठ ४ गते, मंगलवार

काठमाडौ, ४ जेठ । संघीय गठबन्धनले आजदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । अहिले सो क्षेत्रको स्थिति तनावग्रस्त भएको छ । भाटभटेनीदेखि झाँकीसहित सुरु भएको र्‍याली प्रधानमन्त्रीको निवास अगाडि बढे पनि सुरक्षाकर्मीहरुले राष्ट्रबैंक चोक नपुग्दै रोकेका थिए। सरकारविरुद्ध नाराबाजी गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच केहिबेर धकेला धकेल भएको थियो । प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको छ । बालुवाटार क्षेत्रलाई प्रहरीले चार स्थानबाट घेरा हालेको छ । दक्षिणमा राष्ट्र बैंक, उत्तरमा पवित्र वर्कसप र पश्चिममा सभामुख निवासभन्दा एक सय मिटर अगाडिसम्म सुरक्षाकर्मी बसेर प्रदर्शन गर्न निषेध गरिएको छ । पूर्वी गेट तर्फ पनि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रियाहरु