माओवादीद्वारा बिशाल जनप्रदर्शनको तयारी, जनतालाई बिद्रोहका लागि अपिल गरिने

२०७३ जेष्ठ ३ गते, सोमबार

काठमाडौँँ । नेकपा माओवादीले यही शुक्रबार काठमाडौँँमा बिशाल जनप्रदर्शन तथा सभा गर्ने भएको छ । जनयुद्धका सहिदहरुको स्मृति, बेपता र घाईते योद्धाहरुको सम्मानमा आयोजित सभालाई नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द बिप्लब, प्रबक्ता प्रकाण्डलगायतका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ । झन्डै एघार महिना यता कुनै सार्बजानिक कार्यक्रममा नदेखिएका माओवादीका महासचिब बिप्लबले सो सभालाई सम्बोधन गर्ने बताइएको छ । जनसभाका लागि माओवादीले कतिपय जिल्लाबाट युबा जनशक्ति काठमाडौँ ल्याउने तयारी समेत गरेको बुझिएको छ । पछिल्ला एक बर्षयता भुकम्प, नाकाबन्दी, संसदीय पार्टीहरुमा देखिएको भ्रष्ट र दलाली गतिबिधिलगायतका बिषयलाई लिएर गत चैत्रमा सम्पन्न केन्द्रिय समितिको बैठकको मूल मर्मलाई मध्यनजर गर्दै बिप्लबले सो सम्बोधन गर्न लागेको स्रोतले बताएको छ ।
माओवादीले दशबर्षे जनयुद्धबाट प्राप्त उपलब्धिलाई संसद्वादी पार्टीको पोल्टामा सुम्पिएर मूल नेतृत्वले गद्दारी गरेको, माओवादी क्रान्तिकारी आन्दोलन बीचमै तुहाएको, नेतृत्बवर्ग सहिद, बेपत्ता र घाइतेका सपनालाई लत्याएर पद, प्रतिष्ठा र पैसाका पछाडि लागेको साथै माओवादी आन्दोलनलाई धराशयी गराएको आरोपसहित प्रचण्ड माओवादीबाट फुटेर बैद्य माओवादी हुँदै बैद्यभित्र पनि क्रान्तिकारी गतिशीलता नदेखाएको भन्दै नेकपा माओवादी गठन गरी जनयुद्धकालका गतिबिधिसहितका संघर्षका कार्यक्रमसमेत गर्दै आएको छ । माओवादीले बिगत एक बर्षयता दलाल तथा भ्रष्टको घरजग्गा कब्जा, कतिपय प्राकृतिक स्रोत र साधनको दोहन गरी राज्यलाई कर नतिर्ने दलाल ठेकेदारका सम्पत्तिमाथि भौतिक हमला, भ्रष्टचारी कर्मचारीमाथि कालोमोसोदेखि माथिल्लोस्तरको कालोबजारी र दलाली माथि भौतिक हस्तक्षेपसम्मको कारबाही गर्दै आएको छ । प्रचण्ड माओवादीमा पद, प्रतिष्ठा र पैसाको मोह हाबी हुँदै जानु, बैद्य माओवादीमा निराशा, कुण्ठा र पलायनता बढ्दै जानुले अबको एक मात्र क्रान्तिकारी माओवादी आन्दोलनको एउटा मुख्य जिम्मेबार क्रान्तिकारी शक्ति ठान्दै जनसरकार निर्माणसहित अगाडि बढेको माओवादीमा पछिल्लो समय देशभर करिब दश हजार पूर्णकालीन कार्यकर्ता रहेको माओवादीको भनाइ छ । यतिबेला जेठ सात गते काठमाडौँको सभालाई बिप्लबले खुल्ला मञ्चबाट सम्बोधन गर्दै नेपाली जनतालाई बिद्रोहका लागि तयार रहन अपिल गरेपछि माओवादीले देशब्यापी संघर्षका कार्यक्रम अगाडि बढाउने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु