‘राजनैतिक लासहरु बोकेर पार्टी एकता भन्नु गोयवल्स शैली हो ‘

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौं, १ जेठ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले राजनैतिक लासहरु बोकेर माओवादी पार्टीहरुको एकता र त्यसबारे गरिएका प्रचार वाजीप्रति घोर आपत्ति जनाउदै यसलाई पुराकापुरा खारेजी गरेको बताएका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेश विज्ञप्तिजारी गर्दै ‘ हिजो आज माओवादी पार्टीहरुको एकता र त्यस बारे गरिएका प्रचार वाजीसंग हाम्रो पार्टीलाई जोडेर गरिएको षड्यान्त्र बारे स्पष्ट पार्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ भन्दै ‘ माओवादीहरुको एकताको नाममा गरिएको गतिविधि र प्रचारवाजी क्रान्तिकारी र नेपालमा जनवादी क्रान्ति पुरा गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले नभएर विधेमान दलाल संसदीय व्यवस्थामा पतन भएका गुट उपगुट र झुण्डहरुको गडजोड मात्र भएको कुरा पनि हाम्रो पार्टी स्पष्ट गर्न चाहन्छ । यो स्वार्थी गढजोडले नेपाली जनयुद्धका १० वर्षका उपलब्धीहरुको रक्षा, ०६३ साल यताको प्रतिक्रान्ति माथि क्रान्तिकारी हस्तक्षेप र नेपाली जनवादी क्रान्तिको बाँकी अभिभार पूरा गर्ने होइन कि त्यसका विरुद्ध देशी विदेशी प्रतिकृयावादीहरुको निर्देशनमा षड्यान्त्र गर्ने, भ्रम फैलाउने र दलाल संसदीय व्यवस्थाको रक्षाकवज मात्र बन्ने हो । राजनैतिक लासहरु बोकेर हाम्रो पार्टीका विरुद्ध प्रचारवाजी गरिनुले त्यस कुराको शुरुमै पुष्टि हुन्छ । तसर्थ माओवादीहरुको एकताको नाममा गरिएको कसरत र गोयवल्स शैलीको प्रचारवाजीका भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ति, इमान्दार माओवादीहरु, क्रान्तिकारी कम्युनिष्टहरु, प्रगतिशिल एवं राष्ट्रवादी शक्ति र आम जनसमुदायमा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।’ भन्ने उल्लेख गरेका छन ।
उनले बिज्ञप्तिमा राष्ट्रियता माथिको हस्तक्षेप, राष्ट्रिय दलाली र आत्मसमर्पण, दलाल संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिशन र कालोबजारको डरलाग्दो खेल, राजश्व छली, सामाजिक असुरक्षा, अनियमितता र ढिलासुस्ती, राष्ट्रिय उद्योग धन्दा एवं व्यवसायीहरुको टाट पल्टाई र कहाली लाग्दो जनजीविका लगायत यावत समस्याका विरुद्ध आफ्नो पार्टीले जेष्ठ ७ गते वेपत्ता योद्धाहरुको स्मृति दिनलाई पारेर विशाल विरोध प्रदर्शन र जन सभा कार्यक्रमको आयोजना गरेको र उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्न कार्यक्रममा सहभागीताको निम्ति हाम्रो पार्टी न्याय प्रेमी आम जनसमुदायमा हार्दिक अनुरोध समेत गरेका छन ।
नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले आज जारी गरेको प्रेश विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – हिजो आज माओवादी पार्टीहरुको एकता र त्यस बारे गरिएका प्रचार वाजीसंग हाम्रो पार्टीलाई जोडेर गरिएको षड्यान्त्र बारे स्पष्ट पार्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) तथाकथित माओवादीहरुको एकताको प्रचारवाजी र त्यससंग हाम्रो पार्टीको नाम जोड्ने षड्यन्त्र, दुस्साहास र वदनियतप्रति पार्टी घोर आपत्ति व्यक्त गर्दछ । यसलाई पुराकापुरा खारेजी गर्दछ । पार्टीसंग नाम जोडेर प्रचार गरिएका मान्छेहरुले पार्टीको एकिकृत जनक्रान्तिको कार्यदिशा र त्यसको स्प्रीडमा जिम्मेवारी वहन गर्न नसकी घरमा बसे पछि पार्टी केन्द्रीय समितिले सम्पूर्ण जिम्मेवारी बाट उहिले नै हटाई सकेका मान्छेहरु हुन । यिनी मान्छेहरुलाई जोडेर एकताको राग अलाप्ने तत्वहरु र हाम्रो पार्टीको प्रभाव एवं लोकप्रियताको वैशाखी टेकी आफ्नो पद प्राप्तिको सौदावाजी गर्न दुस्साहास गर्ने व्यक्तिहरुलाई पार्टी खवरदारी गर्दछ । पार्टीको दुरुपयोग तथा वदनाम गर्ने मुर्खता गरियो भने पार्टीले जो कसैलाई पनि छुट दिन नसक्ने कुरा समेत स्पष्ट गर्दछ ।
२) माओवादीहरुको एकताको नाममा गरिएको गतिविधि र प्रचारवाजी क्रान्तिकारी र नेपालमा जनवादी क्रान्ति पुरा गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले नभएर विधेमान दलाल संसदीय व्यवस्थामा पतन भएका गुट उपगुट र झुण्डहरुको गडजोड मात्र भएको कुरा पनि हाम्रो पार्टी स्पष्ट गर्न चाहन्छ । यो स्वार्थी गढजोडले नेपाली जनयुद्धका १० वर्षका उपलब्धीहरुको रक्षा, ०६३ साल यताको प्रतिक्रान्ति माथि क्रान्तिकारी हस्तक्षेप र नेपाली जनवादी क्रान्तिको बाँकी अभिभार पूरा गर्ने होइन कि त्यसका विरुद्ध देशी विदेशी प्रतिकृयावादीहरुको निर्देशनमा षड्यान्त्र गर्ने, भ्रम फैलाउने र दलाल संसदीय व्यवस्थाको रक्षाकवज मात्र बन्ने हो । राजनैतिक लासहरु बोकेर हाम्रो पार्टीका विरुद्ध प्रचारवाजी गरिनुले त्यस कुराको शुरुमै पुष्टि हुन्छ । तसर्थ माओवादीहरुको एकताको नाममा गरिएको कसरत र गोयवल्स शैलीको प्रचारवाजीका भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ति, इमान्दार माओवादीहरु, क्रान्तिकारी कम्युनिष्टहरु, प्रगतिशिल एवं राष्ट्रवादी शक्ति र आम जनसमुदायमा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।
३) राष्ट्रियता माथिको हस्तक्षेप, राष्ट्रिय दलाली र आत्मसमर्पण, दलाल संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिशन र कालोबजारको डरलाग्दो खेल, राजश्व छली, सामाजिक असुरक्षा, अनियमितता र ढिलासुस्ती, राष्ट्रिय उद्योग धन्दा एवं व्यवसायीहरुको टाट पल्टाई र कहाली लाग्दो जनजीविका लगायत यावत समस्याका विरुद्ध हाम्रो पार्टीले जेष्ठ ७ गते वेपत्ता योद्धाहरुको स्मृति दिनलाई पारेर विशाल विरोध प्रदर्शन र जन सभा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्न कार्यक्रममा सहभागीताको निम्ति हाम्रो पार्टी न्याय प्रेमी आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछ । “

प्रतिक्रियाहरु