वैद्य माओवादीवाट बादल हट्दै

२०७३ बैशाख ३१ गते, शुक्रबार

काठमाडौं,३१ वैशाख । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पुन केन्द्रिय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन । वैद्यले एकीकृत माओवादीसँगको एकता अस्वीकार गर्दै भोली आह्वान गरेको केन्द्रिय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको बताइएको छ ।
महासचिब रामबहादुर थापा बादलले एकताका लागि एकीकृत माओवादीसँग गरेको १२ बुँदे सहमतिलाई कथितको संज्ञा दिदै वैद्यले आफूलाई थाहै नदिई बादलले जनवादी केन्द्रीयताको मान्यता विपरित तथा अनधिकृत रुपमा एकीकृत माओवादीसँग साँठगाँठ गरेको आरोप पनि लगाएका छन । उनले केन्द्रीय सदस्यहरुलाई आज पठाएको पत्रमा पार्टी भित्र दुई लाईनको संघर्ष अत्यन्तै तीब्र, जटिल र अस्वस्थ बनेकोले यस्तो अवस्थामा बैठक राख्नु उपयुक्त नभएको उल्लेख छ ।
वैद्यले बैठक स्थगित गरेपनि बादल समूह जेठ १ गते नै बैठक बसेर एकीकृत माओवादीसँगको एकता प्रक्रिया टुङ्ग्याउने र वैद्यलाई कारवाही गर्ने तयारीमा छ ।
यस अघि चैत्र २८ मा वैद्यले एक महिनाका लागि केन्द्रीय समिति वैठक स्थगित गगरेका थिए । एक महिना वैठक स्थगित गरेर एकता प्रक्रिया रोक्न खोजेको भन्दै बादल समूहले भिन्दै तयारी गरेको थियो । अहिले प्रचण्ड र बादलसमूहवीच एकताको अन्तिम तयारी भैरहेको छ ।

प्रतिक्रियाहरु