तत्काल पार्टी एकता असम्भब : गजुरेल

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौँ, ३० वैशाख । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादीसँग तत्काल पार्र्टी एकता सम्भव नरहेको बताएका छन । गजुरेलले पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ को एउटा समूह पार्टी फुटाएर एकतामा गए पनि सिङ्गो पार्टी भने एकताको पक्षमा नरहेको ठोकुवा गरे । आज रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उपाध्यक्ष गजुरेलले भने – पार्टी एकताका लागि विचार, रणनीति, राजनीति र कार्यविधि मिल्नुपर्छ, तर पार्टी एकताबारे अध्यक्ष मोहन वैद्यसँग अनौपचारिक बैठक भए पनि औपचारिक रूपमा वार्ता समिति समेत गठन भएको छैन ।
बुधबार एकीकृत नेकपा (माओवादी) बैठकले वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मातृका नेतृत्वको माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत माओवादी पार्टीसँग एकता प्रक्रिया अघि बढाउने औपचारिक निर्णय गरेको थियो ।
गजुरेलले एमाओवादी नेतृत्वले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाए । पार्टीको नीति विपरीत पार्टी फुटाएर गए पनि महासचिव बादललाई कारबाही गर्नेबारे भने कुनै निर्णय नभएको उपाध्यक्षको भनाइ छ ।

प्रतिक्रियाहरु