एकिकृत तर्राई-मधेश जनजागरण अभियान जारी

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौ, २९ बैशाख । प्रतिक्रियावादी संसदीय ब्यबस्थाको भ्रममा नपरौं ! जनक्रान्तिको पहलका लागि घनिभूत तयारी गरौं !! जनगणतन्त्र नेपाल जिन्दावाद !! दलाल पूँजीवाद मुर्दावाद !! एकीकृत जनक्रान्ति जिन्दावाद !! विर शहिद लाल सलाम !! दलाल र भ्रष्टाचारीलाई कार्बाही गरौं !! बैदेशिक हस्तक्षेप बन्द गर !! मधेशी-पहाडी भाइ भाइ ! दलाल सामन्त वाई वाई !! भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी माओवादी जनकपुर ब्यूरोले एकिकृत तर्राई-मधेश जनजागरण अभियान थालेको छ । गतबैशाख ५गतेदेखि सुरु भएको सो अभियान गारी रहेको माओवादी जनकपुर ब्यूरोका इन्चार्ज ओम प्रकाश पुनले बताएका छन ।
माओवादी जनकपुर ब्यूरोले सो अभियानमार्फत अघि सारेको बिषयलाई यसरी पुस्टि गरेको छ – “एकिकृत तर्राई-मधेश जनजागरण अभियान सफल पारौं !!
आदरणिय न्यायप्रेमी जनसमुदाय,
आज देशमा प्रतिक्रान्ति भएको छ । महान जनयुद्घ, जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धिहरु समाप्त पारिएको छ । माओवादी, आदीवासी/जनजाती र मधेशी संग भए गरेका सम्पुर्ण सहमतिहरुलाई उल्ट्याएर एकलौटी दलाल संसदीय ब्यबस्था लाद्ने काम भएको छ । यतिबेला सत्तासंचालकहरुको दलालीकरण र असक्षमताका कारण देशको स्वाधिनता निकै खतरामा परिरहेको छ । बैदेशिक हस्तक्षेप बढेर गएको छ । शहिद तथा बेपत्ता योद्घा परिवार र र्घाईते अपाङ्ग योद्घाहरुको अवस्था दयनिय छ । सामाजिक असुरक्षा अस्तव्यस्त छ । राज्यका मुख्य अंगहरु सुरक्षा, न्याय, कर्मचारी क्षेत्र नै भ्रष्टाचारको केन्द्र वनेका छन । राजनैतिक दलका नेताहरु कमिसनखोरको रुपमा वदनाम भएका छन । कथित संविधानको घोषणा र त्यसको असफलाका कारण अशान्ति, अस्थितरता र अराजकताबाट देश आक्रान्त छ । यसबाट मजदुर, किसान, दलित, मधेशी, मुस्लिम, जनजाति कोही पनि सन्तुष्ट र शान्त छैनन् । भूकम्प, भारतिय नाकावन्दि र राज्यको दलाल पूँजीवादी अर्थनितिका कारण राष्ट्रिय अर्थतन्त्र धारासायी हुदै गएको छ । देशको अर्थतन्त्र धान्ने श्रोत विदेशिएका युवाहरुले पठाउँने रिमिट्यान्स मात्र वन्न पुगेको छ । उद्योग धन्दा, वन्दव्यापार अस्तव्यस्त वन्न पुगेका छन । पर्यटन तथा होटल व्यवसाय सवै कमजोर हुन पुगेका छन । राज्यले आर्थिक क्षेत्रमा कुनै ठोस योजना दिन सकेको छैन । कालो वजारिया, भ्रष्टाचार, तस्करि र करछलिले देशको अर्थतन्त्र एकै पटक ध्वस्त हुने खतराम छ । मधेश आन्दोलनको हावा फैलाएर कालोबजारीया र तस्करहरुले पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गरि जनतालाई महंगिको मारमा डुबाएका छन् ।
काठमाण्डौको सत्ताले गरेको उत्पीडनले गर्दा उत्पन्न मधेशी जनताको समवेदना र भावावेशलाई पकडेर जातिवाद र क्षेत्रियतावादको अतिवादी नारा दिएर संर्घषमा उत्रिएका मधेशवादीदलहरु पनि सुस्पष्ट विचार, नीतिको अभावमा असफल भएका छन । भारतीय उपयोगितावादलाई नबुझेर वुइ चढन पुगेका ति दलहरु दिल्लीले काठामाण्डौंको प्रतिक्रियावदी सत्तासंग साठगाठ गर्न पुगे पछि घरका न घाटका वन्न पुगेका छन । भारतको नेपाल प्रतिको चासो मधेशी जनताको अधिकार संग नभएर काठमाण्डौको सत्ता र सासक वर्ग संग जोडिएको छ । यसमा कोहि पनि मधेशी जनता भ्रममा पर्नु हुदैन । हामी मधेशी जनताका जायज माग प्रति एक्यबद्घता जाहेर गर्दछौ तर मधेशवादी दलको अगुवाईमा चलेको संसदवादका बिकल्प संसदबादको आन्दोलन संग सहमत छैनौ । किनकि हामी संसदबादका बिकल्प नयाँ जनवादका पक्षमा छौ ।
एमाओवादी क्रान्तिकारी विचार र निती छोडि सके पछि अनेकौं विभाजन र गुटवन्दिमा फसेको छ । प्रचण्डको दक्षिणपन्थि आत्मर्समर्पनवाद र बाबुरामको विर्सजनवादले नेपालको क्रान्तिकारी आन्दोलनमा ठुलो नोक्सानी पुगाएको छ । नयाँ शक्तिकोरुपमा आएको बाबुरामको विचार मालेमाको कुनै सृजनात्मक विकास नभएर मालेमालाई नै परित्याग गरेको पलायनवादी, विर्सजनवादी, रुसी एल्त्सिनको विघटनवादी पूँजीवादी धारा हो भने प्रचण्डको एमालेमा विलय हुने संसदवादी धारा हो । यसमा कोहि पनि क्रान्तिकारी भ्रमित हुनु हुदैन ।
यसरी हेर्दा आज नेपालको राजनैतिक धु्रविकरण तीन प्रवृत्ति र धारामा केन्द्रीत हुदै गएको छ । त्यो भनेको क्रान्तिकारी धारा, यथास्थितिवादी धारा र प्रतिगामी धारा हो । प्रतिगामी धाराको नेतृत्व पूर्व राजावादी र हिन्दुहरुले गरिरहेकाछन । यो धाराको जोड संसदवादी दलहरुको असफलता र अन्तरविरोधमा टेकि विदेशी शक्तिको सहयोगमा नेपालमा राजतन्त्रको पुनःस्थापना गर्ने रहेको छ । यथास्थितिवादी धाराको नेतृत्व काग्रेसले गर्दैछ । त्यसको वरिपरि एमाले, मधेशवादी र एमाओवादी सम्म देखिन्छ । यसको उद्देश्य नेपालमा संसदीय व्यवस्थालाई स्थापित र सुदृढ गर्ने रहेको छ । यो धारा दलाल पूँजीवादी धारा पनि हो ।
क्रान्तिकारी धाराको नेतृत्व हाम्रो पार्टिले गरिरहेको छ । यो धारा वरिपरि किसान, मजदुर, मध्यमवर्गको एकहिस्सा, देशभक्त शक्ति, सवै माओवादी धाराहरु भित्र रहेका क्रान्तिकारीहरु केन्द्रीत हुदै छन् । यसको उद्देश्य नेपालमा दलाल पूँजीवाद अर्थात संसदीय व्यवस्थालाई आमुल परिवर्तन गरेर जनताको पुर्ण मुक्ति, देशको स्वाधिनता, जनताको सत्ता, नयाँ जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको छ । समाज र राज्यको आमुल परिवर्तन गर्ने हाम्रो पार्टिको उद्देश्य जनभावना अनुरुप हुनुका कारणले भविष्यको मूल राजनैतिक धारा कमरेड नेत्रबिक्रम चन्द-विप्लब)ले नेतृत्व गरेको यहि माओवादी क्रान्तिकारी धारा हुने देखिएको छ । पार्टिले जनताको अधिकार, शान्ति र राष्ट्रिय स्वाधिनताको पक्षमा अगाडि सारेको प्रस्तावको कारणले सवै जनताको अपेक्षा, विश्वास र अशा हाम्रो पार्टिप्रति बढेको छ । जनतामा पर्न गएको सकारात्मक प्रभावकै कारण प्रतिक्रियावादी, दलाल, विस्तारवादी, साम्राज्यवादी, आत्मर्समर्पनवादी तत्वहरु हाम्रो पर्टिका विरुद्ध भ्रम र्छर्ने, एक्ल्याउने, घेरावन्दि गर्ने र दमन गर्ने सोचाईमा देखिन्छन् ।
न्यायप्रेमी जनसमुदाय, यी सबै समस्याहरुका बिचबाट हाम्रो पार्टिको जनकपुर ब्युराले यहि २०७३ बैशाख ५ गते देखि तीन महिने एकिकृत तर्राई-मधेश जनजागरण अभियान संचालन गरेको छ । मधेशको समस्या भनेको पाहाडी र मधेशी समुदाय बिचको हैन । यहाँको समस्या त दलाल पुजिपति बर्ग र श्रमजिवि जनता विचको असमानता र उत्पीडन हो । तर्राई-मधेश अहिले पनि मध्ययुगीन सामन्ती शोषण र उत्पीडनको चपेटामा छ । पहाडिया उच्च वर्गिय अहंकारवाद र मधेशी उच्च वर्गिय अहंकारवाद मधेश र मधेशी जनताका साझा दुश्मण हुन् । हामी मधेशी र पहाडी जनता विभाजन हैन एकता र सम्मिलन चाहन्छौ । हाम्रो साझा उद्देश्य वर्गिय, जातीय, क्षेत्रिय र धार्मीक साँस्कृतिक उत्पीडनलाई समाप्त पारी स्वाधिन र समृद्घ नेपाल निर्माण गर्नु हो । यो भनेको दलाल पुजिपती वर्गको एकलौटी हालीमुहाली भएको प्रतिक्रियावादी संसदीय ब्यवस्थाई ध्वंस गरि नयाँ जनवादी/समाजवादी ब्यवस्था स्थापना गर्ने हो । जस्ले पहिलो, मधेशका सामन्त र दलाल पुजिपतिको हातमा रहेको जमिन खोसेर गरिब किसान, भुमिहिन र सुकुमवासीको हातमा दिने छ । दोश्रो, तर्राई-मधेशमा रहेको जातीय र साँस्कृतिक उत्पीडनलाई अन्त गरि मधेशको राष्ट्रिय स्वाभिमानलाई उच्च पार्ने छ र तश्रो मधेशमा विकाश र समृद्घि कायम गर्ने छ । तर्सथ तर्राई-मधेशमा बस्ने समपुर्ण पहाडी र मधेशी जनता एकताबद्घ भै दलाल पूजीपतिबर्गका बिरुद्घ संर्घषमा उत्रिनु पर्छ ।
यहि उद्देश्य प्राप्तीको लागि हाम्रो पार्टिले अहिले एकिकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको छ । यो कार्यदिशा अन्तरगत किसान, मजदुर, बुद्घजिीबि, मध्यमवर्ग, उद्मोगी/ब्यापारी, आदिवासी/जनजाती, मधेशी, मुस्लिम, दलित, महिला, उत्पडीत वर्ग/क्षेत्र, पत्रकार, राष्ट्रवादी र क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द गर्ने उद्देश्य रहेको छ । हाम्रो लर्डाई अब कुनै पार्टि बिशेष, कर्मचारी वा सेना/प्रहरी संग हुने छैन, बरु ती सबै भित्र रहेका दलाल र भ्रष्ट तत्वसंग हुने छ । हाम्रो पार्टिको अगुवाईमा देश भरी भ्रष्ट र दलालहरुलाई जनकार्बाही गर्ने अभियान अघि बढेको कुरा सबैलाई अवगत नै छ र तर्राई मधेशमा पनि अब यो अभियान निरन्तर चल्ने छ । तर्सथ हरेक कठिनाईका बावजुत पनि देश र जनताको मुक्तिका लागि हाम्रो पार्टिको जनकपुर ब्युराले संचालन गरेको यस तर्राई मधेश जनजागरण अभियानलाई यहाँहरु सबैले आ-आफ्नो ठाउँबाट आर्थिक, नैतिक एवं भौतिक सहयोग गर्नु हुने छ भन्ने पुर्ण आशा र विश्वास लिएका छौं ।”

प्रतिक्रियाहरु