प्रचण्ड स्वविवेक नभएका व्यक्ति हुन् : विजुक्छे

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौं, २८ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै अडान नभएको र आफ्नो विवेकले निर्णय नगर्ने व्यक्ति भएको ठोकुवा गरेका छन । प्रचण्डले कुन बेला के गर्छन् र के बोल्छन् पत्तो नभएको उनको आरोप छ । विजुक्छेले नेपाली कम्युनिष्ट राजनीतिका लागि प्रचण्ड कसैको गोटी मात्र भएको र उनका कारण कम्युनिष्ट आन्दोलन नामेट हुने दावी गरे । विजुक्छेले दश वर्षे जनयुद्धमा आठ वर्षसम्म प्रचण्ड भारतमा वसेर भारतीयको सल्लाहमा जनयुद्ध लडेको आरोप लगाउँदै उनी भारतको दलाल भएको दावी गरे । नेपालको राजनीतिका सबै जसो दलहरुमा भारतीय एजेन्टहरुको प्रभाव रहेको विजुक्छेले बताएका छन् ।
केपी शर्मा ओलीको सरकार ढाल्ने र नढाल्ने योजना बनाउने प्रचण्ड निमित्त पात्र मात्र भएको विजुक्छेले बताए । विजुक्छेले सरकार ढाल्ने र जोगाउने निर्णय दिल्लीबाटै हुने तर्क गर्दै राजनीतिसंगै देश गम्भीर अफ्ठयारोमा परेको बताए ।

प्रतिक्रियाहरु