पछारिए प्रचण्ड

२०७३ बैशाख २५ गते, शनिबार

काठमाडौँ । नेपाली काँग्रेसको बुई चढेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न तम्सिएका प्रचण्ड नराम्ररी पछारिन पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीको चातुर्यताको कारण प्रचण्डको प्रधानमन्त्री बन्ने सपना दीवा सपनामा परिणत हुन पुगेको हो । प्रचण्डले आफ्नो बचावटको लागि आपूmलाई भारतीय डिजाइनमा छिराइएको थाहा पाएपछि पुनः ओली सरकारको निरन्तरतामा फर्केको भनेर जति खोके पनि यथार्थता त्यस्तो नभएको राजनीतिक विश्लेषकहरुको ठम्याई छ । काँग्रेस र मधेशवादी दलको बुई चढेर प्रधानमन्त्री बन्ने सपना देखेका प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले बरु संसद् नै विघटन गरिदिने तर आफ्नो नेतृत्वको सरकार कुनै पनि हालतमा प्रचण्डलाई नसुम्पने भीष्मप्रतिज्ञा सुनाए । त्यसपछि प्रचण्ड लल्याकलुलुक बनेको स्रोतले बताएको छ । यसपछि प्रचण्ड आपूmलाई सेफल्याण्डिङ गराइदिन प्रधानमन्त्री केपी ओलीलाई अनुनय–विनय गर्न थाले । जसको फलस्वरुप एमाले र एमाओवादीबीच नौ बुँदे सहमति हुन पुगेको स्रोतको ठोकुवा छ ।

प्रतिक्रियाहरु