वैद्य माओवादी विभाजनको स‌ंघारमा, बादलले बेईमान गरेको ठहर ( बिज्ञप्तिसहित )

२०७३ बैशाख २३ गते, बिहीबार

काठमाडौ, २३ बैशाख । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विभाजनको संघारमा पुगेको छ। अध्यक्ष किरणलाई छाडेर महासचिब रामबहादुर थापा बादलसहित एकीकृत माओवादीसँग एकताको नजिक पुगेपछि पार्टी विभाजनको संघारमा पुगेको हो । अध्यक्ष किरणले एमाओवादीसँग सैद्धान्तिक रुपमा एकता गर्नै नसकिने अडान राखेपछि थापाले छुट्टै केन्द्रीय समिति बैठक राखेर पार्टी एकीकरणको निर्णय गराउने योजना बनाएका छन् । यसैक्रममा महासचिब बादलले आगामी बैशाख २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् भने अध्यक्ष किरणले महासचिब बादलले बोलाएको बैठक आधिकारिक नभएको र सो बैठकमा उपस्थित नहुन केन्द्रिय सदस्यहरुलाई आह्वान गरेका छन् ।
महासचिब बादलले बोलाएको केन्द्रीय समितिको बैठक बिरुद्ध अध्यक्ष किरणले जारी गरेको विज्ञाप्ति यस प्रकार रहेको छ :

प्रतिक्रियाहरु