भत्किएको माओवादी र अपनाउनु पर्ने बाटो – रमाकान्त बास्तोला

२०७३ बैशाख ११ गते, शनिबार

ठूला–ठूला राजनीतिक संघर्षका निम्ति सम्पूर्ण पार्टीलाई एकताबद्ध गर्नमा बिचार, सिद्धान्त र कार्यनीति मुख्य कुरा हुन्छ । यदि बिचार, कार्यनीति, सिद्धान्तअनुरूप कार्यशैलीलाई पार्टीले गलत तरिकाद्वारा अगाडि बढायो भने उसको कुनै पनि राजनीतिक कार्यहरु पूरा गर्न सक्दैनन् । त्यस्तै पार्टी भित्र अन्तरबिरोध, दुई लाइन संघर्ष, साथै पार्टी नै टूटफुटको संघारमा उभिएको हुन्छ जस कारण बिरोधीहरुको शिकार बन्न पुग्दछन् । यस्तै नेपाली राजनीतिक गति भित्र पनि यस्ता संकटको रूप देखापरिरहेको छ । २०५२ सालमा चुस्त संख्याबाट सुरु भएको महान् १० बर्षे जनयुद्ध हुँदै ६२–६३ को ऐतिहासिक जनआन्दोलनदेखि लिएर संविधानसभाको पहिलो चुनाबसम्म आइपुग्दा नेपालीजनता माझ विशाल पार्टी बन्न सफल नेकपा माओवादी पार्टी अहिले आएर छिन्नभिन्न बनेर टुक्राटुक्रामा परिणत हुनु त्यसैको उपज हो । जनताले चाहेको शान्ति र समृद्धि बाटो, नेपालको स्वाधीनताको रक्षा माओवादी आन्दोलनले गरेको थियो । जसको मूल्यांकन जनताले पहिलो संविधानसभामा दिएका थिए । हुन त क्रान्ति बीच बाटोमा नै रोकेर संसद् र संबिधान अगाल्नु, हतियार बिस्थापन गर्नु, जनसेना बिघटन गर्नु माओवादीको लागि ठूलो चुनौती थियो र उक्त चुनौती पहिलो संविधान बिघटन पछि र आजसम्म राम्रोसँग देखिएको छ । क्रान्ति नितान्त कठिन घडीमा उभिएको छ । प्रतिक्रान्ति एकरूपतामा हाबी हुन खोज्दै छ। पार्टी भित्र देखिएको राजनीतिक बिचलन र प्रतिक्रान्ति बिलकुल नयाँ परिघटना क्रान्तिकारीहरुका लागि साबित भएको छ । र, अबको क्रान्तिको रथ हाँक्ने र प्रतिक्रान्तिको जडलाई उखेलेर फाल्दै देशलाई समृद्धितिर लैजाने जिम्मा पनि क्रान्तिकारी शक्तिको भारस्वरूप खडा भैआएको छ र यो भार क्रान्तिकारीहरुले खेप्नु पर्ने देखिएको छ । जब पहिलो संविधानसभामा भएको ढोकाघडी र दलाल पुँजीवादीको खेल भोगिसकेको र देखिसकेको माओवादी कथित दोस्रो संविधानसभामा जानू त झन् घातक थियो । तर, प्रचण्ड बाबुरामको सत्ता मोहको कारण सम्पूर्ण क्रान्तिकारी शक्ति नै बिलयमान हुने स्थितिसम्म पुग्यो । परन्तु बाबुराम प्रचण्डको आफ्नो अडानको कारण र साम्राज्यवादी र भारतीय बिस्तारवादी साथै काँग्रेस, एमालेको कूटनीतिको कारण सिङ्गो माओवादी टूटफुट र बिभाजन भोग्न बाध्य भयो, भोग्नु प¥यो ।
अहिले प्रचण्ड संसदीय ब्यबस्थामा छन्, उनीले त्यहाँको उनको आफ्नो राजनीतिकशैलीले बिभिन्न कूटनीति, रणनीति स्वरूप संसद हल्लाएका छन्, नचाएका छन् तर जति हल्लाए पनि नचाए पनि संसदीय ब्यबस्था संसदीय नै हुन्छ खच्चड संसदीय ब्यबस्थाभित्र टिकेका र यसलाई चलाएका नेपाली काँग्रेस र एमाले साथै अन्य झिनामसिना राजनीतिक दलहरुको जालो भित्र परेका प्रचण्ड अब जालोबाट मुक्ति या जालो भित्र नै रहेर जे दिन्छन्् ऊही लिने भन्ने बिषयमा नै केन्द्रित छन् । यदि उनले बेलैमा बिगतका मुद्दा सिद्धान्तप्रति अडीग रहेर क्रान्तिको रक्षाको निमित्त आफ्नो गतिलाई अगाडि बढाउन सकेनन् भने उनी झन्–झन् फसिँदै जाने प्रस्ट देखिएको छ ।
पछिल्लो समयमा एकीकृत नेकपा माओवादीदेखि सङ्घर्षको अन्तिम बिन्दुमा अथवा संविधानसभाका सभापति समेत भएका बाबुराम पनि फुटेर नयाँ पार्टी निर्माण गरेका छन् । बाबुरामको राजनीति र उनी माओवादी आन्दोलनका एक हिस्सा हुँदाको दिनहरूमा उनको गतिबिधि निकै निर्लज्ज, लज्जास्पद त थियो नै पछि उनको बास्तबिक रूप देखाए पछि र अहिलेको परिस्थितिको ब्याख्या गर्दा उनी एक गोयबल्सशैलीका ब्यक्ति हुन्, उनमा चरम दक्षिणपन्थी बिचलन देखिएको छ । बामपन्थी आन्दोलनका एक अराजक कायर नेताको रुपमा उनी देखिने पक्का भैसकेको छ र देखिएको छ । भारतपरस्त रहेर जनतालाई बिभिन्न लालच देखाउने काम उनीबाट भएको पनि बुझ्न सकिन्छ । जब कुनै पनि नेतृत्वमा बिचलन, अराजकता उतप्न हुन्छ तब उसलाई फुटको संघारमा लिएर जान्छ बाबुराममा भएको पनि यही हो । फुट पछि आफ्नै पार्टी निर्माण गर्ने, छोडेको पार्टीका नेता कार्यकर्ता फकाउने, बिभिन्न लान्छना लगाउने, जनतालाई भ्रम सिर्जना गराउने साथै कमजोर पक्षलाई हातमा लिएर अगाडि जाने उसको प्रबृत्ति हुन्छ, यो उनमा लागू भइनै रहेको छ ।
अर्कोतर्फ बैद्य एक दार्शनिक, कुटिल साथै होनहार माओवादी आन्दोलनका कुशल नेता हुन् । तर, सही कार्यदिशा र उनमा आएको अकर्मण्यता दोधारेपनले उनको राजनीतिक जीबन नै धरापमा परेको छ । उनको लागि अब दुई बाटोहरु मात्र बाँकी छन् । यदि माओवादी आन्दोलनको सही मार्गतिर लैजाने हो भने उनले पनि बाँकी क्रान्तिको भारलाई खेप्दै सङ्घर्ष गर्दै अगाडि बढ्नु पर्ने हुन्छ । बैद्य निकट क्रान्तिकारी माओवादीभित्र रहेका केही नेता र कार्यकर्ता पनि हचुवाको भरमा अँध्यारोमा ढुंगा हान्न खोजेका छन् तर यसो गर्नु मुर्खता सिबाय अरु होइन, यो एक अबसरवादी प्रबृत्ति हो । यसले प्रतिक्रयावादीहरुलाई उनीहरुको गोटी चाल्न टेवा पुग्ने गर्दछ भने उनको अर्को बाटो भनेको संसदीय ब्यबस्थातिर नै फर्कनु हो । तर, यदि संसदीय ब्यबस्थातिर फर्कनुलाई सही मानियो भने उनको कम्युनिस्ट आन्दोलनको जुन एजेण्डा, गति र विस्वास छ, त्यो सबै गुमेर गुमनाम हुनुपर्ने स्थितिसम्म आउन सक्दछ भने अर्को पाटोमा बाँकी क्रान्तिको भार खेप्नु हो, जसको लागि उनले बिप्लबको एजेण्डाप्रति सहयोग गर्नु हो र यही उनको लागि सही मार्ग हुनेछ । जस कारण इतिहासमा बैद्यको लगाब बढेर एक कुशल नेतृवको रुपमा मानिने छन् ।
त्यस्तै सबैभन्दा कान्छो पार्टी मानिएका र बैद्य माओवादीसंग बिभाजित भई नेकपा माओवादी गठन गरेका बिप्लबको कार्यदिशातर्फ सबै माओवादी घटक लाग्नुपर्ने अहिलेको परिस्थितिले देखाएको छ । उनले परिस्थिति सुहाउँदो कार्यदिशा तय गर्दै एकीकृत जनवादी क्रान्तिको मूल सिद्धान्त अगाडि सारेका छन्, जस अनुरूप उनको यो कार्यदिशा क्रान्ति सम्भब बनाउन सहयोग गर्दछ । किसान मजदूर बर्गको उच्च साथ र युवा संगठनको तीब्रता र जनताको माया पाएका बिप्लबको बाटो सफा देखिएको छ । तर, आफ्नो राजनीतिमा अस्थिरता आउने डरले प्रचण्ड, बैद्य, मणि, परी, मातृका, बिप्लबहरुको सिद्धान्तलाई गलत प्रस्टाउन खोजेका छन् । र, प्रचण्ड घटकतिर नै जोडबल गर्न तम्सेका छन् । प्रचण्ड घटकतिर जानु भनेको संसदीय ब्यबस्था साथै उनी संसदीय ब्यबस्थाको टालटुल पारिएको कच्चा संविधानलाई नै मान्नु देशलाई अर्को दुर्घटना निम्त्याउनु हो । भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको जालो भित्र जानी–जानी फाल हाल्नु हो । भारतीय गोटीको शिकार बन्नु हो ।
दिल्लीमा भएको सम्झौतादेखि हालसम्मको माओवादी तीब्रता र बीचमा गरिएका भद्दा शैलीले बिस्तारवादीहरुले आफ्नो रणनीति माओवादीको कमजोरीको उपज माओवादी आन्दोलनलाई नै तहसनहस पार्दै दलाल पुँजीवादीहरु आफ्नो फाईदाको निम्ति सकेको बल प्रयोग गरिरहेका छन्, जस अनुरूप बेलाबेलामा द्वन्द्वकालीन मुद्दाहरु ब्युँताउने, बिस्तारवादीको चरम प्रयोग गर्ने, र डलरमणिहरुलाई हातमा लिएर माओवादी आन्दोलन तुहाउन खोज्ने प्रबृत्ति गरिरहेका छन् । यो अबस्थामा सबै माओवादी एक हुनु पर्ने आजको आवश्यकता हो, तर पुँजीवादी, बिस्तारवादी र साम्राज्यवादीहरुले तानेको लहरोले माओवादीहरुको पहरो खस्किएको छ । माओवादीको पहरो खस्कनु भनेको नेपाली जनताको घर भत्कनु हो । नेपाली स्वाधीनता धरापमा पर्नु हो साथै नेपाली र नेपालको अस्मितामाथि उनीहरुको हस्तेक्षप रहिरहनु हो ।
आजभोलि हामीले देखिआएका छौँ, नेपाली कांग्रेस, एमाले र बाबुराम साथै मदेशवादी दलका अनैतिक र भारतीय चलखेलको समर्थन जसको कारण नेपालमा पुनः राजतन्त्र ब्यूँताउने, हिन्दू राष्ट्र बनाउने जस्ता अस्वस्नीय कार्यहरुप्रति जोड दिएका छन् । तर, हामी नेपाली जनताले यो बुझ्नु पर्दछ कि हिन्दु राज्यको माग गर्नु भनेको पुरोहितवाद कायम राख्न चाहनु हो, पुरोहितवाद राख्नु भनेको छुवाछुत प्रथा कायम राख्न चाहनु हो, छुवाछुत प्रथा कायम राख्नु भनेको साम्प्रदायिक युद्ध आब्हान गर्नु हो । साम्प्रदायिक युद्ध मच्चाउनु भनेको देशलाई कंगाल बनाउनु र दशकौँ पछि धकेल्नु हो । त्यसैले नेपाली राजनीतिलाई सही मार्गतिर केन्द्रित गर्न साथै देशलाई समृद्धि, बिकास, र शान्ति ल्याउनको लागि क्रान्ति अनिबार्य भएको छ र क्रान्ति सम्भब छ । जसमा सम्पूर्ण माओवादी घटकहरु आफ्नो स्वार्थ नहेरि क्रान्तिकारी ध्रुवीकरणसहित एकजुट हुँदै जनतालाई बुझाउनतिर लाग्नु पर्छ र नेपालप्रति भएको बिदेशी चलखेल, हस्तेक्षपको अन्त्य गर्नु पर्दछ । जसको लागि भत्किएको माओवादी पुनर्निर्माण गराउनु पर्दछ । माओवादी बिना देशको बिकाव सम्भब छैन् ।
(लेखक जनप्रगतिशील मोर्चा यूएईका सचिब हुन् ।)

प्रतिक्रियाहरु