सल्हेस फूलबारीमा रहस्यमय हारमको फूल

२०७२ चैत्र ३० गते, मंगलवार

काठमाडौँ, ३० चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर)संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख केको हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय बनेको छ । वनस्पतिविद्का अनुसार छैटौँ÷साताँैं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
राजा सलहेस को थिए, कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंवदन्ती छ ः छैटाँँै÷सातौँं शताब्दीदेखि मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान्, प्रखर बुद्धिमान् र सौर्यशाली थिए । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्याे ।
भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ) का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ ।
राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ ।
लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारका रुखमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै मौलाउँदै जान्छ ।
अच्चमको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य मानिस आउने र मेला भर्ने गर्छन् । किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पूरा हुने जनविश्वास छ । मेलाको दिन थुप्र्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् ।
सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिकस्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सकिने नेपाल प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती भन्नुहुन्छ । यो एउटा मात्र यस्तो स्थान हो जसलाई सबै समुदायले पुज्ने गर्छन् । राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ ।
उहाँ मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली इतिहास बोकेका धरोहर संरक्षणको सम्वद्र्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने बताउनुहुन्छ । राष्ट्रिय गौरवका रुपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरबाट प्रचारप्रसार गर्न सके यसले अन्तर्राष्ट्रिस्तरमा नेपालको पहिचान बनाउन सक्ने नेपाल पत्रकार महाङ्घ धनुषाका अध्यक्ष अनिल मिश्र बताउनुहुन्छ ।’ वीरेन्द्र कर्ण/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु