पाहाँचह्रे पर्व सम्पन्न

२०७२ चैत्र २९ गते, सोमबार

काठमाडौं, २९ चैत । घोडेजात्राको अघिल्लो दिनदेखि सुरु भएको नेवार समुदायको पाहाँचह्रे पर्व सोमबार सम्पन्न भएको छ । कङ्केश्वर अजिमालाई विधिपूर्व पूजा गरी नगरपरिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्दछ । जात्रा सकिएको चार दिनपछि कङ्केश्वर अजिमामाइको बसोबासबारे हेर्न जाने र पूजा गर्ने चलन रहेको छ । पाहाँचह्रे पर्वलाई काठमाडौंको नेवार समुदायमा बडादसैंपछिको महत्वपूर्ण पर्वकोरुपमा लिने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु