त्रिदेवी मन्दिरको जीर्णोद्वार सम्पन्न

२०७२ चैत्र २८ गते, आईतवार

काठमाडौं । ठमेलको त्रिदेवीमार्गस्थित त्रिदेवी मन्दिरको जीर्णोद्वारकार्य सम्पन्न भएको छ । जीर्णोद्वार सम्पन्न भएपछि शनिबार मन्दिरमा देवी–देवताहरुको प्राण–प्रतिष्ठा गरिएको छ । मन्दिर परिसरमा आयोजित पूजामा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्णआहुति गरी देवीदेवताहरुको प्राण–प्रतिष्ठाकार्य सम्पन्न गरेका थिए । बौद्धविज्ञ यज्ञमानपति बज्राचार्यकोे नेतृत्वमा विशेष शास्त्रीय पूजाको आयोजना गरिएको थियो । पूजामा पञ्चरक्षक पाठ पनि गरिएको थियो । मन्दिरमा देवी–देवताहरुको प्राण–प्रतिष्ठा गरिसकेपछि आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले एकै ठाउँमा बसेर त्रिदेवी अर्थात् तीन शक्तिहरुको उपासना गर्न पाउँदा खुसी लागेको बताए । उनले त्रिवेदी मन्दिरको संरक्षणमा ध्यान दिन ठमेलबासीलाई आग्रह पनि गरे । कार्यक्रममा त्रिदेवी मन्दिर मर्मत संरक्षण एवं सम्बद्र्धन समितिका अध्यक्ष निर्मललाल श्रेष्ठले समितिको प्रत्यक्ष रेखदेखमा मन्दिरभित्र रहेका दक्षिणकालीमाइ, ज्वालामाइ र कामारुकामाक्षमाइको मन्दिर पुनःजीर्णोद्वारकार्य गत वैशाखको विनाशकारी भूकम्प आउनुअघि नै सम्पन्न भएको र भूकम्पबाट मन्दिरमा खासै ठूलो क्षति नपुगेको जानकारी दिए ।
त्रिदेवी मन्दिर संरक्षण मर्मत तथा सम्बद्र्धन समितिको नाममा खडा गरिएको अक्षयकोषको ब्याज र मन्दिर हाताभित्र सन्चालन भएका पसलहरुबाट प्राप्त बहालको पैसाले पहिलो चरणको जीर्णोद्वारकार्य गरिएको हो । समितिका कोषाध्यक्ष श्याममान बज्राचार्यका अनुसार बाँकी दुईओटा मन्दिरको जीर्णोद्वारकार्यका लागि वा.ई. पाण्डेले व्यक्तिगत्रुपमा २५ लाख रुपैयाँ सहयोग गरेका थिए । ऐतिहासिक दृष्टान्तअनुसार त्रिदेवी मन्दिर वडाकाजी अमरसिंह थापाका जेठा छोरा रणध्वज थापाद्वारा वि.सं. १८६५ मा निर्माण गरिएको हो । वि.सं. २०४२ मा पहिलोपटक यो मन्दिरको जीर्णोद्धार गरिएको थियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु