प्रलेसको राष्ट्रिय सम्मेलन सम्पन्न

२०७२ चैत्र २८ गते, आईतवार

काठमाडौँ । वामपन्थी लेखकहरूको छाता सङ्गठन प्रगतिशील लेखक सङ्घ (प्रलेस) को दसौँ राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । चैत २६ र २७ गरी दुई दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त सम्मेलनको उद्घाटन प्रधान मन्त्री केपी शर्मा ओलीले गरे । सम्मेलनबाट ६९ सदस्यीय केन्द्रीय समिति र ७० सदस्यीय केन्द्रीय पार्षद् छानिए ।
मातृका पोखरेलको अध्यक्षतामा गठित १३९ सदस्यीय कार्य समितिका वरिष्ठ उपाध्यक्षमा राज बहादुर कुँवर, महिला उपाध्यक्षमा विन्दु शर्मा, उपाध्यक्षहरूमा डा. कृष्णराज अधिकारी, खेम थपलिया, राम प्रकाश पुरी, रोशन जनकपुरी, मिश्र वैजयन्ती, पदम प्रकाश शर्मा, पुष्करराज भट्ट छानिए । यस्तै महासचिवमा आर.एम. डङ्गोल, वरिष्ठ सचिवमा पुन्य गौतम ‘विश्वास’, सचिवहरूमा सरिता तिवारी, शोभा दुलाल, होम शङ्कर बास्तोला, प्रकाश सिलवाल, कोषाध्यक्षमा विजय राना आचार्य चुनिए ।
प्रलेसको केन्द्रीय समिति सदस्यहरूमा नारायण परिश्रमी, गोपीरमण उपाध्याय, वैद्यनाथ ठाकुर, अशोक कुँवर ‘नेत्र’, जनक रसिक, डा. घनश्याम परिश्रमी, प्रमोद धिताल, प्रकाश चापागाईँ, कृष्णहरि भट्ट, रचना शर्मा, राजु स्याङ्तान, केवन विनखी, आरोह नेपाल, लम्जेन सङ्घर्षशील, प्रदीप जैसी, हरिलाल महतरा, चेतनाथ धमला, मनु विक, नारायण शर्मा, प्रकाश थापा मगर, समीर सिंह, साधुराम नेपाल, लक्ष्मीराम आचार्य, विनोद विक्रम केसी, रामचन्द्र नेपाल, श्याम साह, दीपक सापकोटा, माधव घिमिरे अटल, अनिल श्रेष्ठ, परशुराम कोइराला, मोदनाथ मरहट्ठा, यज्ञ बहादुर डाँगी लगाायत रहे ।

प्रतिक्रियाहरु