केचना – ठिप्तला पद यात्रा समापन

२०७२ चैत्र २५ गते, बिहीबार

काठमाडौं, २५ चैत । ताप्लेजुङको उत्तरी नाका खुलाउनको लागि नेपाल सरकारलाई दबाब दिने उद्धेश्यले झापाको केचनादेखि ताप्लेजुङको ठिप्तला भञ्ज्याङसम्मको पद यात्रा फुङलिङ बजारमा आएर आज समापन भएको छ । झापाको केचनादेखि चैत्र १२ गते शुरु भएको पद यात्रा इलाम, पाँचथर, ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार हुँदै १२ दिनसम्मको पद यात्रामा विभिन्न राजनीतिक दलका प्रतिनिधी, सरोकारवाला निकाय, सञ्चारकर्मी र स्थानीय बासी सहित जम्मा ३३ जनाको टोली सीमा स्तम्भ ७९ भएको ओलाङचुङगोलाको ठिप्तला भञ्ज्याङ चीन र नेपाल सिमानामा चैत्र १९ गते पुगी व्यानर र राष्टिय झण्डा फहराई फर्केको हो ।
सदरमुकाम फुङलिङ बजारबाट चैत्र १४ गते ठीप्तला भञ्ज्याङ प्रस्थान गरेको पद यात्रीको टोली पाथीभरा, हाङदेवा, फुरुम्बु, लिंखिम, तापेथोक, लेलेप हुँदै ओलाङचुङगोलाको ठीप्तला भञ्ज्याङसम्म पुगेको हो । ताप्लेजुङ जिल्लाका अभियान टोली संयोजक खगेन्द्र फेम्बु, मुख्य अभियन्ता कृष्ण केसी लगायत ३३ जना पद यात्रीलाई आज बिहान फुङलिङ बजारमा एक कार्यक्रमबीच जिल्ला विकास समितिको सभा हलमा अभिनन्दन गर्नुका साथै पद यात्राको समापन गरिएको छ ।
को को थिए त पद यात्रामा ?
१. संयोजकः खगेन्द्र फेम्बु
२. प्रमुख अभियन्ताः कृष्ण केसी
३. संचारकर्मीः आलोक माबोहाङ लिम्बू
४.संचारकर्मीः रबिन भट्टराई
५. नेपाली काँग्रेसः रुद्र मादेन
६. नेकपा (एमाले)ः राजेश प्याकुरेल
७. एनेकपा (माओवादी)ः बन्दना कडरीया
८. नेकपा–माओवादी क्रान्तिकारीः सुरज ओझा
९. संघीय समाजवादी फोरम नेपालः केदार ताप्मादेन
१०. पाथीभरा क्षेत्र विकास समितः उदय भट्टराई
११. क.सं.क्षे.व्य.स.ः लोचन ताप्मादेन
१२. होटल व्यवसायी संघः बिमल भण्डारी
१३. जिल्ला प्रशासन कार्यालयः भगिमान मादेन
१४. वालुङ समाजः छेतेन शेर्पा
१५. सभासदः ओङ्दी शेर्पा
१६. स्थानीयः देवी प्रसाद अधिकारी
१७. स्थानीयः बन्दना राई
१८. स्वास्थ्यकर्मीः जगदिश घिमिरे
१९. स्वास्थ्यकर्मीः यामकण्ठ गुरुङ
२०. गायकः अनिल खड्का
२१. स्थानीयः जम्की शेर्पा
२२. स्थानीयः धर्म प्रसाद प्रसाईं
२३. स्थानीयः नुर्बु शेर्पा
२४. स्थानीयः बुद्ध काम्बाङ
२५. स्थानीयः नारायण भट्टराई
२६.पाथीभरा देवी मन्दिर संरक्षण तथा संबद्र्धन समितिः सुरेश लामा
२७. स्थानीयः चन्द्रकला गुरुङ
ओलाङचुङगोलाबाट स्थानीय ६ जनाको सहभागिता रहेकोे थियो ।
स्थानीय बासी र पद यात्रामा संलग्न विभिन्न व्यक्तिले कुनै हालतमा ठिप्तला भञ्ज्याङको नाका खुलाउनु पर्ने औँल्याए । प्रमुख जिल्ला अधिकारी चक्रपाढिा पाण्डे र स्थानीय विकास अधिकारी केशब भट्टराईले नाका खुलाउनको लागि नीतिगत रुपमा पहल गर्नु आवश्यक रहेको र त्यसको लागि स्थानीय, सरोकारवाला निकायको दबाब आवश्यक रहेको बताए । – आलोक माबोहाङ् लिम्बू

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु