काउसे कीराको प्रकोप, सयौं भेडाबाख्रा मरे

२०७२ चैत्र १८ गते, बिहीबार

काठमाडौं, १८ चैत । दोलखाको उत्तरी क्षेत्रका गाविसहरुमा काँउसे किराका कारण करिब ४ सय बढी भेडाब्राख्रा मरेका छन् । गत मंसिरका शुरुदेखि उतिस, चिलाउनेलगायतका रुखमा हुने काउसे किराको झुस बसेको घाँस खाँदा मार्वु, चंखु र खारे गाविसमा ४ सय भन्दा बढी भेडा तथा ब्राखा मरेको जिल्ला पशुसेवा कार्यालयले नै जानकारी दिएको छ । जिल्लाबाट यो किरा नियन्त्रण गर्न नसकेपछि केन्द्रिय पशु रोग अन्वेषण टोली गएर एलर्जीको औषधि दिंदै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रियाहरु