मधेसी मोर्चाको बैठक बस्दै

२०७२ चैत्र १८ गते, बिहीबार

काठमाडौ, १८ चैत । मधेसी मोर्चा आन्दोलनका रणनीति बनाउन बैठक बस्दैछ । आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले आन्दोलनका रणनीति बनाउन मोर्चाको बैठक बस्न लागेको हो । विगतको आन्दोलनमा भएका कमिकमजोरी तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको नेताहरुले बताएका छन् । संविधानप्रति असन्तुष्ट जनाउँदै मोर्चाले पाँच महिनालामो मधेस बन्दसहित विरोधका कार्यक्रम संचालन गरेको थियो। तराईमा दुई प्रदेश हुनुपर्ने अडान लिएको मोर्चाको माग पूरा नहुँदै आन्दोलन शिथिल भएको थियो ।
आज बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, सचिवालयले तयार पारेको आन्दोलनको एजेण्डा र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल केन्द्रित हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए । वैशाखदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने गरी मोर्चाले तयारी गरेको छ ।

प्रतिक्रियाहरु