चैत १८ गतेदेखि पुष्प व्यापार मेला

२०७२ चैत्र १६ गते, मंगलवार

काठमाडौं, १६ चैत । चैत १८ गतेदेखि १९ औं पुष्प व्यापारमेला(फ्लोरा एक्स्पो) हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ मेला आयोजना गर्ने लगिएको हो । चारदिने मेलामा कुल ६४ वटा स्टलमध्ये अफिसियल स्टलका लागि ६, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३, ल्याण्डस्केपिङका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ५१ वटा स्टल छुटयाइएको आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कटफ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीको प्रदर्शनी तथा विक्रीको व्यवस्था गरिएको छ । मेलामा सहभागि विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथम हुनेलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने फयानका कार्यवाहक अध्यक्ष तथा मेला संयोजक दिलिप वादेले जानकारी दिए ।
प्रतियोगिता हुने १० विधामा उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (रोज), उत्कृष्ट कटफ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस) रहेका छन् । साथै यसवर्ष प्रविधितर्फ ५ वटा बिदेशी स्टलहरु रहने फयानका महासचिब मीन बहादुर तामाङका जानकारी दिए ।
हाल नेपालमा ३८ जिल्लामा करिब ६७५ पुष्प फर्म÷नर्सरीहरु बिस्तार भएको छ भने १४१ हेक्टर यसको खेती हुँदै आएको छ । आव २०७१÷७२ मा सिजनल फूल बिरुवातर्फ २२.७६४ करोड, आलंकारिक बोट बिरुवातर्फ ४०.०५७५ करोड, कटफ्लावर्सतर्फ २१.४७२५ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्गतर्फ १७.८९२ करोड, खुल्ला फूलतर्फ ७.०३५ करोड र निर्याततर्फ ३.१५ करोड गरी कुल १ अर्व ३४.१३७५ करोडभन्दा बढीको कारोबार भएको फयानले जनाएको छ । आब २०७१-७२ मा १० करोडको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको छ ।

प्रतिक्रियाहरु