अत्तरिया बजारमा भिषण आगलागी , करौडोको क्षति

२०७२ चैत्र १५ गते, सोमबार

काठमाडौं, १५ चैत । कैलालको अत्तरिया बजारमा गए राती ठुलो आगलागी हुँदा आधा दर्जनभन्दा बढी पसल जलेर नष्ट भएका छन् । अत्तरिया चोकमा रहेका पुर्णगिरी इलेक्टोनिक पसलबाट हिजो साँझ साढे ८ बजेतिर लागेको आगोले ७ पसल पुर्ण रुपमा जलेर नष्ट भएका हुन । आगलागीबाट कुनै मानबिय क्षती भएको छैन । आधा दर्जन भन्दा बढी पसल जलेर नष्ट हुँदा करोडौको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कैलालीका प्रहरी प्रवक्ता डिएपी दिलिप कुमार भण्डारीले जानकारी आगलागीका कारण यकिन हुन नसकेको बताए ।
धनगढी उप महानरपालिकाका २, महेन्द्रनगरको १ गरी ३ दमकल र अत्तरिया नगरपालिकाको डोजर, प्रहरी, स्थानियले अबेर राती आगो नियन्त्रणमा लिएका थिए । आगलागीको एकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ७ ठुला पसल जलेर नष्ट भएकाले कराडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी भएपछी स्थानिय बासिन्दा त्रसित भएर अत्तरिया चोकमा जम्मा भएका थिए । स्थानियले ठुलो आगलागी हुँदा पनि दमकल आउन ढिलाई भएको भन्दै स्थानिय प्रशाशन र प्रहरीको आलोचना गरेका छन् ।

प्रतिक्रियाहरु