बबई नदीका कारण विस्थापितद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

२०७२ चैत्र १४ गते, आईतवार

काठमाडौं, १४ चैत । बबई नदीको बाढीबाट प्रभावित भएकाहरुले पुनस्र्थापनाको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गरेका छन । उनीहरुले बर्दिया जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिनुका साथै घेराउ गरेका छन् । गत बर्षको बाढीबाट घरवारविहिन बनेका पिडितहरुले घरबासको व्यवस्था र एकमुष्ठ रकम उपलव्ध गराउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । विस्थापित भएको २० महिना बितिसक्दा पनि पुनस्र्थापनाको काम नभएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुको र्‍यालीले बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गरेको हो ।

प्रतिक्रियाहरु