बेइजिङ सबैभन्दा धेरै अर्वपति बसोबास गर्ने शहर

२०७२ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौं, १४ फागुन । हालै सार्बजनिक भएको हुरुनको प्रतिवेदन अनुसार चीनको राजधानी बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्वपति बसोबास गर्ने शहर बन्न सफल भएको छ । चीनलाई आधारभूमी बनाएर काम गर्दै आएको संस्था ‘हुरुन’ले निकालेको प्रतिवेदन अनुसार बेइजिङ अमेरिकाको न्यूयोर्कलाई उछिन्दै सबैभन्दा धेरै अर्बपतीको शहर बनेको हो । बेइजिङमा अहिले एक सय जना अर्वपतिहरु बस्दै आएका छन् भने न्यूयोर्कमा ९५ जना मात्रै छन् । गएको वर्ष बेइजिङमा ३२ जना नयाँ अर्वपति थपिएका थिए भने न्यूयोर्कमा चारजना मात्र थपिएका प्रतिवेदनले जनाएको छ । चीनमा गत बर्ष ९० जना थपिएपछि त्यहाँ अर्वपतिको संख्या ५ सय ६८ पुगेको छ । न्यूयोर्कमा यो संख्या ५ सय ३५ छ । तर शीर्ष दश जनाअर्वपतिको सूचीमा भने अमेरिकीहरुको बर्चश्व कायमै छ ।

प्रतिक्रियाहरु