भरिएको सिलिण्डरको बिक्री सुरु

२०७२ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौं, १३ फागुन । ग्यास आयात बढेपछि उद्योगीले पूरा ग्यास भरिएको सिलिण्डर बिक्री गर्न थालेका छन् । ग्यास बिक्रेता महासङ्घका अनुसार अहिले नेपाल, सुगम, एभरेष्ट, ओम, एचपी, त्रिशुल, सिदार्थ लगायतका ग्यास पूरा सिलिण्डर बेच्न थालिएको छ । अरु ग्यास पनि अबको केहि दिनमै भरी आउने महासङ्घले बताएको छ । अहिले ग्यास उद्योगीले नै डिपोसम्म पुर्याइदिने गरेकाले एउटा भरी ग्यासको १४ सय रुपैयाँभन्दा धेरै नतिर्न महासङ्घको आग्रह छ । यसअघि आधा ग्यास भरिएको सिलिण्डर उद्योगीले डिपोसम्म नपुर्याउँदा सरकारले ७ सय रुपैयाँ तोकेपनि बिक्रेताले बढी मूल्य लिने गरेका थिए ।

प्रतिक्रियाहरु