मेरी कालीलाई प्रणय दिवसको शुभकामना – मनहजुर

२०७२ फाल्गुन २ गते, आईतवार

ति दिन , जुन दिन
तिम्रो आवाज सुन्न पनि म लालायित हुन्थे
सारा दिन फोन थिच्दै बिताई दिन्थे
जब तिमि बोल्न थाल्यौ
बोलीले पुगेन भेटन नै मन पर्यो
जब भेटे
सारा संसार बिर्सिएर तिमीलाई नै पछ्याउन थाले
आफु को हो ? बिर्सिएर तिमि भित्रै हराए
बोल्नु, भेट्नु अनि तिमि भित्रै हराउनु
सायद यो मेरो गल्ति थियो
जीवनकै गम्भीर भुल थियो
त्यसैले त तिम्रो मन जित्न सकिन
न तिमीलाई आफ्नो बनाउन सके
न आफु नै तिम्रो बन्न सके
न वारी बस्न सके, न पारी पुग्न
न पाउन सके , न भुल्न
सायद तिमिसग भेट हुनु नै मेरो भुल थियो
तिमीलाई चाहनु मेरो कमजोरी थियो
भेट्नु नभेट्नु , पाउनु नपाउनु के नै ठुलो भयो र ???
किनकी जब तिमीलाई नै मेरो मुटुमा कैद गरेको छु
मेरा हरेक धड्कनमा तिमि नै धड्किरहेकी छौ
मेरो आखा आगाडी पल पलमा तिमि नै छाइ रहेकी छौ
तिम्रो खुशी पो खुसि, म त जसोतसो बाची हाल्छु
तिमि जति टाढा भएपनि मुटु भित्र साची हाल्छु
मेरा हेरक धड्कन ,स्वास अनि हेराई
तिम्रै खुशी खोजि रहन्छन
तिमि सदा खुशी हुनु , हासी खुशी जिउनु
दुख कस्ट बिमारी मै तिर सारी दिनु
हासो ,खुशी ,सुस्वास्थ्य अनि मोज मस्ती
पलपल आइ रहोस तिम्रो जीवनमा
प्रणय दिवसको अबसरमा यहि छ शुभकामना
प्रणय दिवसको अबसरमा यहि छ शुभकामना…….

प्रतिक्रियाहरु