उपेक्षित बन्दै सिन्धुलीगढी

२०७२ माघ १२ गते, मंगलवार

काठमाडौ, १२ माघ । सिन्धुलीको ऐतिहासिक किल्ला सिन्धुलीगढी मर्मत संभारको अभावमा उपेक्षित बन्दै गएको छ । वीर गोर्खालीले घरेलु हतियारका भरमा अंग्रेजलाई हराएको किल्ला संरक्षणको अभावमा दिन प्रति दिन भग्नावशेषमा परिणत हुँदै गएको हो ।
सिन्धुलीगढी दरबार आसपासका सम्पूर्ण भवन र भौतिक संरचना पूर्ण रुपमा भत्किएर नामेट हुँदै जादा पनि सम्बन्धित निकायले पुनः निर्माणको काम गर्न सकेको छैन । १८२४ सालमा इस्ट इन्डिया कम्पनीका कप्तान किनलको नेतृत्वमा आएको २ हजार ४ सय अंग्रेज फौजलाई तत्कालिन गोर्खाली राजा पृथ्वीनारायण शाहका फौजले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा युद्व लडेर पराजित गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु