राष्ट्रिय निकुञ्ज पुग्ने पर्यटक आधा घटे

२०७२ माघ ११ गते, सोमबार

काठमाडौं, ११ माघ । नाकाबन्दीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा अत्यधिक कमी आएको छ । पर्यटकीय मौसममा समेत गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या ५० प्रतिशत घटेको छ । पुसमा आठ हजार २२ जना पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका छन् । निकुञ्ज आउने पर्यटकमा विदेशी तीन हजार ६ सय ३९, सार्क राष्ट्रका ४ सय १९ र नेपाली तीन हजार ९ सय ६४ जना रहेका छन् । भित्रिएका पर्यटकमा चार हजार २१ पुरुष र चार हजार एक महिला रहेको निकुञ्जले जनाएको छ ।
गत वर्षको पुसमा आठ हजार ८ सय ८७ विदेशी, दुई हजार ४ सय ८६ सार्क र पाँच हजार तीन सय ४१ नेपाली पर्यटक गरी १६ हजार ७ सय १४ पर्यटक निकुञ्ज प्रवेश गरेका निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए ।
यसवर्ष पुसमा रु ८८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ भने गत वर्ष यही समयमा रु दुई करोड ४४ लाख ४९ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु