काँग्रेसमा सभापतिको लागि छिनाझम्टी

२०७२ मंसिर २६ गते, शनिबार

काठमाडौँ । नेपाली काँग्रेसको आगामी फागुनमा हुने महाधिवेशनवाट आपूm सभापति हुन् तीन शीर्षस्थ नेताहरूबीच हानाथाप सुरु भएको छ । महाधिवेशनबाट सभापति हुन् । काँग्रेसका वर्तमान सभापति सुशील कोइराला, बरिष्ठनेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच सार्वजनिक रूपमै हानाथाप सुरु भएको हो । यसैक्रममा उपसभापति रामचन्द्र पौडेलले यसपटक आपूm सभापति हुन पाउनुपर्ने भन्दै ठाउँ–ठाउँमा पटक–पटक उम्मेदवारी घोषणा गरिसकेका छन् भने बरिष्ठ नेता शेरवहादुर देउवाले औपचारिक रूपमा मुख नखोले पनि बानेश्वरमा सम्पर्क कार्यालय खोलेर सभापतिको उम्मेदवारीको संकेत दिइसकेका छन् । यस पटक देउवा चुनाव नलडी सभापति पड्काउने खेलमा लागेका छन् । वर्तमान सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि उनको पार्टीभित्र र बाहिर दुवैतिर आलोचना भएको छ । यही मौकाको फाइदा उठाउदै देउवा पार्टी सभापति पड्काउने खेलमा लागेको काँग्रेसका नेताहरू बताउँछन् । काँग्रेसको कमाण्ड कोइराला परिवारभन्दा बाहिर जान नदिन सुशीललाई सभापति र सशांकलाई उपसभापति वा महामन्त्रीमा खडा गर्न लागिएपछि संस्थापन पक्षका केही प्रभावशाली नेताहरू आफ्नो साथमा ल्याउन सकिने अनुमान देउवा पक्षको रहेको छ । देउवा पक्षले कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीलाई आफ्नो समूहमा तान्न खोजेको छ । पछिल्लो समयको राजनीतिक भूमिकामा पनि सिटौला कोइरालाभन्दा देउवासँग नजिक देखिएका छन् । देउवा समूहका एक नेताले भने– देउवा यस पटक जित्ने चुनाव लड्दैछन् । महामन्त्रीमा सुशील पक्षबाट आउने नेताले उम्मेदवार बन्नेछन् । सम्भवतः कृष्ण सिटौला वा अर्जुननरसिंह हाम्रा महामन्त्रीका उम्मेदवार हुन् । केही दिनअघि सिटौलालाई निवासमै गएर केही कार्यकर्ताले सोधेका थिए । जवाफमा सिटौलाले भने–सुशील दाइ आएपछि अन्तिम पटक कुरा गर्छु अनि मात्र म के गर्ने भन्ने टुंगो लाग्छ । त्यसबेला सुशील अमेरिकामा थिए ।
देउवा समूहबाट महामन्त्रीका दाबेदार खुमबहादुर खड्का, विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरू हुन् । यीमध्ये निधी अहिले कतिपय सन्दर्भमा कोइरालासँग निकट छन् । तीन नेताबाहेक प्रकाशमान सिंह, रामशरण महत, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सशांक कोइराला र सुजाता कोइरालाले पनि सभापति उम्मेदवार बन्ने घोषणा गरेका छन्, देउवा सभापति जित्ने मूल्यमा उनी निकट महामन्त्रीका दाबेदारहरूले त्याग गर्ने संकेत दिइसकेका छन् । निधी स्वयंले पनि उपसभापति उठ्ने वा केन्द्रीय सदस्यमात्र रहेर देउवालाई जिताउन सघाउने बचन दिएको देउवा निकट नेता बताउछन् ।
खुमबहादुर खड्कालाई मनाउनु देउवाका लागि सबैभन्दा चुनौति छ । खड्काले महामन्त्री नपाए तेस्रो प्यानल बनाउनेसम्मको धम्की दिइसकेका छन् । यदि विधानमा नै निर्वाचित उपसभापतिको व्यवस्था भएमा उनी उपसभापतिमा मान्नेछन् । खड्कासँग करीव एक दर्जन सांसद र केन्द्रीय सदस्यहरू रहेकाले पनि उनलाई भड्किन नदिन देउवा लागेका छन् । कतिपयले खुमबहादुर र रामचन्द्र पौडेलको तेस्रो टिम बनाउने प्रयास गरे पनि काँग्रेसमा त्यो सफल हुँदैन । सुशील कोइराला पक्षकै रामचन्द्र पौडेल, नरहरी आचार्य, मधेस आचार्य, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतका नेताहरू समेत सुशील कोइरालालाई सभापति नबनाउने पक्षमा उभिन थालेका छन् । उनीहरू सुशील कोइरालाको विकल्पको खोजीमा छन् । सुशील कोइराला फेरि पनि उम्मेदबार बन्नु भनेको काँग्रेसमा रामचन्द्र पौडेलको सभापति र प्रधानमन्त्री दुबै पदमा पुग्ने चाहनामा स्थायी बन्ध्याकरण हो । त्यो अवस्थामा रामचन्द्र पौडेलले तेस्रो प्यानल बनाउने वा कोइरालाविरुद्ध देउवालाई साथ दिएर प्रधानमन्त्रीको लागि सम्झौता गर्नेमात्र विकल्प हुन सक्छभन्ने बहस अहिले काँग्रेस भित्र तिब्र रूपमा चल्न थालेको छ । पौडेलले भने आपूm काँग्रेसका तीन नेतामध्ये सबैभन्दा पीडित र वैचारिक तथा मध्यमार्गी भएकाले यस पटक कार्यकर्ताले आपूmलाई साथ दिनुपर्ने भन्दै अहिलेसम्म मध्यमार्गी लाइनमा भूमिका खेलेँ अब आफैं अघि सर्नुपर्ने भएको छ, म सभापतिको उम्मेदवार बन्छु पौडेलले सार्बजिक रूपमै अभिव्यक्ति दिदै आएका छन् ।
देउवा पक्षले रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापालगायतका नेताहरूलाई संस्थापन पक्षबाट बाहिर ल्याउन पहल गरिरहेको छ । केही दिनअघि कोइरालाको गृहनगर नेपालगन्जमै चार दिन मुकाम बनाएर बसेका देउवाले मध्यपश्चिमका कोइराला पक्षधर नेता कार्यकर्ताहरूसँग पनि सघन छलफल गरेका थिए । उनले नेपालगञ्ज मुकाम बनाएर अन्य जिल्लामा हेलिकोप्टरबाट भ्रमण गरेका थिए । ‘सुशील कोइरालाजस्तो रुग्ण व्यक्तिबाट पार्टी चलेन, सरकार पनि चलेन, काँग्रेस आज हिमाल, पहाड र तरार्ई सबैतिर अलोकप्रिय बनेको छ, अब सुशीलबाट मुक्त गर्नुपर्छ पार्टीलाई’ देउवाको भनाइ उधृत उनि निकट नेता बताउछन् । महाधिवेशन नजिकिँदै गर्दा कतिपय प्रभावशाली नेताहरूले गुट अदलबदल गर्ने र त्यसपछिमात्र काँग्रेसमा कसको पल्ला भारी हुन्छ भन्ने प्रष्ट हुनेछ । अहिले तीन नेताबाहेक प्रकाशमान सिंह, रामशरण महत, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सशांक कोइराला र सुजाता कोइरालाले पनि सभापति उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

प्रतिक्रियाहरु