भारतको घुर्की, चीनबाट सामान ल्याए हुन्छ

२०७२ आश्विन २२ गते, शुक्रबार

काठमाडौं, २२ असोज । भारतले घुर्की देखाउदै ‘चीनबाट सामान ल्याउन नेपाल स्वतन्त्र रहेको’ जनाएको छ । भारतले दुई सातादेखि अघोषित नाकाबन्दी गर्दै नेपालतर्फ इन्धन तथा अन्य आवश्यक बस्तु लोड गरिएका ट्यांकर, कन्टेनर तथा ट्रक पठाउन रोक्दै आएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार नियमित पत्रकार भेटघाट कार्यक्रममा नेपालबारे यस्तो धारणा राखेका हुन् । उनले भने, ‘नेपाल एक स्वतन्त्र र सम्प्रभु मुलुक हो, उसले आफ्नो बारेमा आफैं निर्णय गर्न सक्छ ।’
उनले भारतका कारण कुनै प्रकारको नाकाबन्दी नभएको उल्लेख गर्दै तराई–मधेस क्षेत्रमा भइरहेको आन्दोलनकै कारण भारतबाट कुनै पनि सामान बोकेका गाडी नेपालतर्फ जान नसकेको बताए । पछिल्ला दिनमा केही इन्धन तथा अन्य सामान बोकेका गाडी नेपालतर्फ गइरहेको जनाउँदै उनले आपूर्ति सहज बनाउन नेपाली नेतृत्वले नै नेपालभित्रको समस्या सुल्झाउनु पर्ने बताए ।
उनले नेपालमा भारत विरोधी भावना बढ्दै गएकोमा चिन्ता प्रकट गरे । ‘नेपालमा भारतविरोधी भावना भड्काइएको छ,’ उनले भने, ‘भारतविरोधी भावना कसले भड्काइरहेको छ भन्नेमा कुनै सन्देह छैन ।’ – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु