भारतमा डेंगु रोग देखियो , पाँच जनाको मृत्यु

२०७२ भाद्र ३० गते, बुधबार

काठमाडौं, ३० भदौ । भारतमा संक्रमणकालिन रोग डेंगुबाट ५ जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीलगायत अरु शहरमा यो प्रकोपकै रुपमा देखिएको छ । दुई हजारभन्दा बढी संक्रमितको भारतको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकोप फैलिन नदिन देशका बिभिन्न भागमा स्वास्थ्य जाँच केन्द्र खोलिएका छन् । विश्वभर डेंगुका कारण बर्षेनी थुप्रैको मृत्यु हुने गरेको छ । डेंगु लागेको ब्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्ने, मांशपेशी र हाडजोर्नीमा पीडा हुने लक्षण देखापर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु