इजिप्टका प्रधानमन्त्रीद्वारा राजीनामा

२०७२ भाद्र २७ गते, आईतवार

काठमाडौं,२७ भदौ । इजिप्टका प्रधानमन्त्री इब्राहिम महलाबले राजीनामा दिएका छन् । इब्राहिमलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि काम चलाउ सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार निवर्तमान सरकारका पेट्रोलियम मन्त्री शरीफ इस्माइललाई एक साताभित्र नयाँ सरकार गठन गर्न भनिएको छ ।
प्रधानमन्त्रीको राजीनामाको कारण भने खुलाइएको छैन । भ्रष्टाचारको मुद्दा उठिरहेका कारण मन्त्रिपरिषदमा फेरबदल गर्नका लागि यो कदम चालिएको अनुमान गरिएको छ ।
अघिल्लो सोमबार इजिप्टका कृषि मन्त्री सलाह हेलाललाई भ्रष्टाचारको आरोपमा अनुसन्धानपछि गिरफ्तार गरिएको थियो । राष्ट्रपति अब्दुल फतह अल सीसीले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु