क्रेन खस्दा १ सय ७ जनाको मृत्यु

२०७२ भाद्र २६ गते, शनिबार

काठमाडौं, २६ भदौ । साउदी अरबको मक्का शहरमा क्रेन खसेर १ सय ७ जनाको मृत्यु भएको छ । मुस्लिमहरुको पवित्र शहर मक्कामा भएको दुर्घटनामा हज गर्न गएका अरु २ सय ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
क्रेन मस्जिदको छतमा ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ । मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न गएका विभिन्न देशका तीर्थयात्री रहेका छन् ।
तीर्थालुहरु नमाजमा व्यस्त रहेका बेला रातो रंगको उक्त क्रेन मस्जिदको छत तोडेर खस्दा यो दुर्घटना भएको हो । तीब्र हावा र वर्षाका कारण दुर्घटना हुन पुगेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु