जनकपुरमा गोली चल्यो , २ जनाको मृत्यु

२०७२ भाद्र २५ गते, शुक्रबार

काठमाण्डौ,२५ भदौ । जनकपुरमा प्रहरीको गोली लागि २ प्रदर्शनकारीको मुत्यु भएको छ । निषेधाज्ञा तोड्दै प्रर्दशन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीको चलाएको गोली लागी धनुषा जमुनियाका करिब १८ बर्षका नितुकुमार यादव र सबैलाका बिनोदकुमार शाहको मृत्यु भएको छ । झडपमा ५० भन्दा बढी घाइते भएका छन् । जनकपुरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू प्रदर्शनकारीले उल्लंघन गरेपछि प्रहरीसंग झडप भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु