आज बीपी जयन्ती

२०७२ भाद्र २४ गते, बिहीबार

काठमाडौा, २४ भदौ । आज विश्वेश्वरप्रसाद कोइरालाको १०१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेपाली काग्रेसले आज केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय सुन्दरीजललगायत देशका विभिन्न ठाउमा कार्यक्रम गरि मनाउदै छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।
नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श,मूल्य र मान्यता अझ सान्दर्भिक रहेको छ ।
विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भएको थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु