राप्रपा दुइ चिरा

२०७२ भाद्र २० गते, आईतवार

काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पशुपति शम्शेर राणालाई अपदस्थ गरी लोकेन्द्रबहादुर चन्दलाई पार्टी अध्यक्ष चयन गरेको बताएका छन । उनीहरुले दुई तिहाई सदस्यहरुले हस्ताक्षर गरी राणालाई अध्यक्षबाट हटाएको र चन्दलाई अध्यक्षको जिम्मेवारी दिएको आज राजधानीमा पत्रकार सम्मेलन गरी बताए । उनीहरुले राणाले आफुखुशी पार्टी चलाएका कारण केन्द्रीय सदस्यहरु बाध्य भई उनलाई हटाउने निर्णयमा पुगेको दाबी पनि गरे । राप्रपामा केही समययता विवाद बढेको थियो । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच दुई बर्ष पहिले पार्टी एकता हुँदा नेताहरुले एक–एक बर्ष अध्यक्षता गर्ने सहमति भएको थियो । तर उक्त सहमति पालना नभएको भन्दै चन्द पक्षले बिरोध गर्दै आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु