ठग भाइकृष्ण खड्का प्रहरी फन्दामा

२०७२ भाद्र २ गते, बुधबार

काठमाडौं, २ भदौ । बैंकिङ कसुर मुद्दामा फरार भएका भाइकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडबाट तीन करोड ५० लाख रुपैयाँ ऋण लिएर नतिर्ने काडमाडौंको गागलफेदीका ४५ वर्षका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जले जनाएको छ । श्रेष्ठले सान्दर्भिक विल्डर्स प्रालिको नाममा लिएको ऋण दुरुपयोग गरेका थिए । श्रेष्ठ विरुद्ध दायर भएको मुद्दामा पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते तीन वर्ष कैद र बिगो बमोजिमको तीन करोड ५० लाख जरिवाना तिराउने फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई मंगलबार काठमाडौंको तिलगंगाबाट पक्राउ गरिएको व्युरोले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु