बिक्न छोड्यो ‘ट्याबलेट’

२०७२ श्रावण २५ गते, सोमबार

काठमाडौँ । विश्वमा ट्याबलेटको बजार खुम्चिँदै गएको र ट्याब्लेटको विश्वव्यापी व्यापारमा कुनै सुधार नआएको पछिल्लो तथ्यांकले देखाएको छ । आइडिसीको विश्वव्यापी त्रैमासिक ट्याब्लेट ट्रयाकरको रिपोर्ट अनुसार सन् २०१५ को दोश्रो त्रैमासिकमा विश्वमा ४ करोड ४७ लाख गोटा ट्याबलेट बिक्रि भएका छन् यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशत हो ।
सन् २०१५ को पहिलो त्रैमासिक भन्दा दोश्रो त्रैमासिकमा ट्याब्लेटको विश्वव्यापी बजार ३.९ प्रतिशतले खुम्चिएको छ । हार्डवेयरमा नयाँ आविष्कारको कमी तथा पोर्टफोलियो अपडेटको सिमितताका कारण ट्याब्लेटको बिक्रिमा गिरावट आएको बताइएको छ ।
दोश्रो त्रैमासिकको तथ्यांक अनुसार विश्व ट्याबलेट बजारमा एप्पलको हिस्सा सबैभन्दा बढि २४.५ प्रतिशत रहेको छ । दोश्रो स्थानमा रहेको सामसुङको हिस्सा १७ प्रतिशत रहेको छ । लेनोभोको २.४ प्रतिशत तथा हुवावेको ०.८ प्रतिशत रहेको छ । त्यस्तै एलर्जीको ०.५ र अन्य सबैको गरी संयुक्त रुपमा ४५.६ प्रतिशत रहेको छ ।
तथ्यांक अनुसार अघिल्लो विश्व ट्याबलेट बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने पाँच ट्याबलेट निर्माता कम्पनीको प्रभुत्वमा कमी हुँदै गएको छ । अघिल्लो त्रैमासिकमा यी पाँच कम्पनीले कुल ट्याबलेट बजारको ५८ प्रतिशत हिस्सा ओगटेकोमा यो त्रैमासिकमा भने ५४ प्रतिशतमा झरेका छन् । तर चिनियाँ कम्पनी हुवावे टप फाइभमा उक्लिन सफल भएको छ भने इ फन कम्पनी टप टेनमा पर्न सफल भएको छ, एक वर्ष पछि ।
शोधकर्ताहरूका अनुसार ट्याबलेट बजारमा ठूला कम्पनीको हिस्सा घट्दैछ र नयाँ कम्पनीहरू उदाउँदैछन् र प्रयोगकर्ताको रोजाइमा पर्दैछन् ।
विश्वमा एप्पल कम्पनीको आइप्याडको बिक्रि लगातार घटिरहेको भएपनि ट्याब्लेट बजारमा पहिलो हिस्सा रहेको एप्पलले दोश्रो त्रैमासिकमा १ करोड ९ लाख आइप्याड बेच्न सफल भयो । त्यस्तै सामसुङले यो अवधिमा ७६ लाख ट्याबलेट बेच्यो भने लेनोभोले २५ लाख ट्याबलेट बेच्यो । विश्लेषकहरूका अनुसार ग्याजेट प्रयोगकर्ताहरूको रुची ट्याब्लेटबाट फ्याब्लेट तर्फ बढ्दै जानु र ट्याबलेट प्रयोगकर्ताहरूमा पूरानै संस्करणमा चित्त बुझाउने प्रवृत्ति हुनुले पनि विश्वमा ट्याब्लेटको माग तथा बिक्रिमा गिरावट आएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार