आज साढे ६४ करोडको नेप्से कारोबार

२०७२ श्रावण २४ गते, आईतवार

काठमाडौँ , २४ साउन। आज साताको पहिलो दिन नेप्सेले सुधारात्मक कारोबार गरेको छ । कुल १ सय ३८ वटा कम्पनिको ११ लाख १० हजार ८ सय ५ कित्ता शेयर ४ हजार ४४ पटक किनबेच हुँदा ६४ करोड ५१ लाख ४५ हजार ३ सय ८४ रुपैँया बराबरको कारोबार भएको छ । सिमाङ्कनको प्रभावले आज नेप्से परिसूचक पनि बढेको छ । नेप्से २३.०५ अंकले बढेर १ हजार ६३ दशमलव ४१ अंकमा पुगेर बन्द भएको छ । वित्तीय संस्थाको पुँजी बढाउने नीतिसँगै राजनितीक सुधारले बजारलाई सकारात्मक बनाएको हो ।
आज जलविद्युत् र फाइनान्स समूहबाहेक सबै समूहका शेयर बृद्धि भएका छन् । जलविद्युत्को शेयर २३.५५ र फाइनान्सको शेयर १.३ अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी विमा समूहको शेयर ५७.६७ अंकले बढेको छ भने सबैभन्दा कम होटल समूअको शेयर १.०७ अंकले बढेको छ । त्यस्तै, बैँकिङ समूह ३५.४७, विकास बैँक १.३९, उत्पादनमूलक ३३.६६ र अन्य समूह ५.८७ अंकले उकालो लागेका छन् ।
बजार बृद्धिसँगै एभरेष्ट बैंकको सबैभन्दा बढी ६ करोडको सेयर किनबेच भएको छ । सानिमा बैंकको चार करोड २३ लाख, एनबी बैंक तीन करोड ६४ लाख, एनआइसी एसिया तीन करोड ५० लाख, नेपाल एसबिआइ तीन करोड १४ लाख, नबिल संस्थापक तीन करोड, इन्भेष्टमेन्ट बैंक संस्थापक दुई करोड ८२ लाख, माछापुच्छ्रे बैंक दुई करोड १३ लाख, प्रभु बैंक दुई करोड १३ लाख र हिमालयन बैंक एक करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु