पूर्वमा मेघगर्जनसहित ठूलो बर्षात हुने सम्भावना

२०७२ श्रावण २४ गते, आईतवार

काठमाडों,२४ साउन । आज बेलुकीदेखि पूर्वका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावा नेपाल आइरहेको र त्यो पूर्वबाट नेपाल छिर्ने भएकाले भारी वर्षाको संभावना छ ।
मध्य र पश्चिममा भने यसको प्रभाव कम देखिएर थोरै वर्षा हुने उनले बताए । उनका अनुसार हिजोको तुलनामा आज धेरे पानी पर्नेछ । अहिले सफा रहेको ठाउँमा पनि दिउँसोपछि बदली भएर राती पानी पर्ने अनुमान गरिएको मौसमविद् प्रधानाङ्गको भनाई छ ।
अबको दुई तीन दिन यस्तै हुने उनले बताए । वितेको २४ घण्टामा धनगढीमा सबैभन्दा धेरै ६५ दशमलव ९ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार