आज दिनभर पानी पर्ने

२०७२ श्रावण २२ गते, शुक्रबार

काठमाडौ, २२ साउन । मौसमविद् समिर श्रेष्ठका अनुसार आज देशका धेरै ठाउँमा दिनभर पानी पर्ने छ । आज देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा हल्का पानी परिरहने उनले बताए । पानी पार्ने न्यूनचापीय रेखा माथि गएको, बंगाल र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिनभर नै पानी पर्ने अनुमान गरिएको हो । मौसमविद् श्रेष्ठका अनुसार भोलि बिहानदेखि मौसम सुधार हुनेछ । तर पर्सिदेखि फेरि अलि बढी बदली हुने संभावना रहेको उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार