तातोपानी नाका संचालनमा

२०७२ श्रावण २१ गते, बिहीबार

काठमाडौ, २१ साउन । नेपाली सेनाको सहयोगमा चीनको सशस्त्र प्रहरीले भूकम्पपछि पहिरोले अवरुद्ध नेपाल–चीन तातोपानी नाका खुलाएको छ ।चीनको सशस्त्र प्रहरीले पहिरो हटाई हिजो साँझदेखि बाटो खुलाएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । आजदेखि गाडी आवात जावत सुरु भएको छ ।
वैशाख १२ को भूकम्पले त्यो नाका बन्द भएर कोदारी राजमार्गमार्फत नेपाल–चीन स्थल यातायात सम्पर्क विच्छेद भएको थियो । चीन सरकारले बाटो पन्छाएर राहत ल्याए पनि सर्वसाधारण र व्यापारिक प्रयोजनका लागि खुला हुन सकेको थिएन । बाटो खुलाएपछि तातोपानी नाकामा थन्किएको अर्बौको सामान अब राजधानी आउने अपेक्षा गरिएको छ । काम सकेर चिनियाँ विशेषज्ञ टोली आज स्वदेश फर्कंदैछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु