एन्ट्यागका कर्मचारी अख्तियारको शरणमा

२०७२ श्रावण १६ गते, शनिबार

काठमाडौँ । नेपाली प्राविधिक समूहमा व्यापक आर्थिक अनियमितता भएको भन्दै अनियमितता गर्ने कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिलगायतलाई कानुनबमोजिम कारवाही गरी बिगोसहित असुलउपर गर्न माग गर्दै एन्ट्याग सम्बद्ध कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको स्रोतले बताएको छ । यही २०७२ साल साउन ६ गते प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिलगायतले एन्ट्यागभित्र व्यापक अनियमितता गरी संस्था नै धराशयी बनाउन लागेको भन्दै अख्तियारमा उजुरी परेको स्रोतले बताएको छ । अख्तियारमा परेको उजुरीमा प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिले एन्ट्यागको ४१ बढी ल्यापटप, १६ वटा मोटरसाइकल, कतिपय आफन्तलाई बाँडेको र कतिपय कौडीको मूल्यमा बिक्री गराएको देखाई आर्थिक अनियमितता गरेको भन्दै कारवाही गर्न माग गरिएको छ । यसैगरी, यस वर्षसम्ममा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको प्रचारप्रसारअन्तर्गत युनिसेफ, सेभ द चिल्ड्रेनलगायतका विभिन्न गैरसरकारी संस्थाबाट आर्थिक सहयोग लिई व्यापक आर्थिक अनियमितता गरेकाले सो विषयमा पनि छानबिन गरी कारवाही गर्न माग गरिएको स्रोतले बताएको छ ।

त्यस्तै एन्ट्यागका प्रबन्धक दीपक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिलगायतले विभिन्न जिल्लाहरुमा सम्पन्न कार्यक्रम नगरी फर्जी कागजात खडा गरी सम्पन्न भएको देखाई चरम् आर्थिक अनियमितता गरेको भन्दै कारवाहीको लागि अख्तियारलाई अनुरोध गरिएको स्रोतको ठोकुवा छ ।
यसैक्रममा एन्ट्यागले यस आवमा गरेका कार्यक्रमको सूचना माग्न जाँदा मिर्मिरे अनलाइनको सम्पादक तथा नेपाल पत्रकार महासंघ ललितपुरको कार्यसमिति सदस्य सिर्जना तिम्सिना र बालकृष्ण भट्टमाथि एन्ट्यागका अध्यक्ष सुन्दरमान श्रेष्ठ, प्रबन्धक दीपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापतिले दुव्र्यवहार गरेको समाचार प्राप्त भएको छ । पत्रकार सिर्जना तिम्सिना र बालकृष्ण भट्टमाथि दुव्र्यवहार भएपछि पत्रकार महासंघ ललितपुरले सो घटना निन्दनीय भन्दै वक्तव्यसमेत जारी गरेको थियो । र, एन्ट्यागका अध्यक्ष सुन्दरमान श्रेष्ठ, बोर्ड सदस्य मोहन पन्थी र सागर सिंजापतिलगायतले लिखित रुपमै सार्वजनिकरुपमा माफी माग्ने बताएर घटना तत्कालक लागि साम्य पारी हालसम्म माफी नमागेको थाहा भएको छ । यसरी एन्ट्यागका पदाधिकारीले हामीमाथि दुव्यर्वहार गरेको र हालसम्म माफी नमागेको भन्दै पत्रकार सिर्जना तिम्सिना र बालकृष्ण भट्टले सो सम्बन्धमा छानबिन गरी कारवाही गर्ने माग गर्दै सबुदप्रमाणसहित क्रान्तिकारी पत्रकार संगठनमा निवेदन दर्ता गराइसकेको र छिट्टै पत्रकार महासंघको ढोका ढकढकाउने बताएको छ ।

प्रतिक्रियाहरु