वैद्य माओवादीको चीन गएको भ्रमण टोली फर्कियो

२०७२ श्रावण ४ गते, सोमबार

काठमाडौँ । चीनीया कम्युनिष्ट पार्टीको निमन्त्रणामा र नेकपा– माओवादीको निर्णय बमोजिम नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा नेकपा –माओवादी केन्द्रीय पार्टी स्कुल विभागका सचिव हस्तबहादुर के.सी. को नेतृत्वमा ७ जुलाई २०१५ (२२ असार २०७२) मा ११ दिवसीय चीनको विविध क्षेत्रको अध्ययन गर्न चीन गएको एक भ्रमण टोली हिजो नेपाल फर्किएको छ । भ्रमण टोलीमा नेकपा माओवादीका केन्द्रीय सदस्य हस्तबहादुर के.सी.(रुकुम), केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ (भक्तपुर), केन्द्रीय सदस्य कुमारी मोक्तान (मकवानपुर), कास्कीका जिल्ला पार्टी सचिव अर्जुन छन्तेल (वागलुङ), र महिलाको तर्फबाट दुर्गा राई (भोजपुर) थिए ।
त्यस भ्रमणका क्रममा तिब्बतको ल्हासाको अवलोकन गरेको, चीनको सिचुवान प्रान्तको आप्पा जिल्लाको सोइमो गाउँलाई केन्द्र विन्दु बनाएर सन् २००८।५।१२ मा गएको शक्तिशाली भूकम्पले ६९ हजार मानिसहरूको ज्यान लिएको थियो र लाखौँ घाइते भएको र जनताका सबै घरहरू ध्वस्त भएका थिए । त्यस क्षति भएको स्थानमा चिनीया सरकारले त्यस स्थानमा पुननिर्माण गरी जनतालाई व्यवस्थित रुपले वसोवास गरिदिएको र त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकास गरेको क्षेत्रको अवलोकन गरेको चीनको छेन्दु सहर नजिक भएर बग्ने मिङ्ग नदीबाट गरिएको सिचाई परियोजनाको, अवलोकन हाइड्रोपावरको अत्याधुनिक विकासको अवलोकन, छेन्दु शहरको आधुनिकीकरण र औद्योगिक विकासको अवलोकन चीनको फू च्यान यन प्रान्तको सिमेन (Xiamen) शहरको अवलोकनको साथै Tour The Gulangyu Island (समुद्री क्षेत्रको) अवलोकन, Nanputuo Buddhism Temple र Xiamen University को अवलोकन र Quanzhou शहरको भ्रमण अवलोकन गरेको टोली नेता हस्तबहादुर के.सी. ले जानकारी गराए ।
त्यस्तै 15 July 2015 (३० असार २०७२) मा चीनको राजधानी द्यभष्वष्लन मा चीनीया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री DOU ENYONG को उपस्थितिमा आयोजना गरिएको चिनीया विशेषतासहितको समाजवाद सम्बन्धी सेमिनारमा भाग लिएर पार्टीका विचार र धारणाहरू प्रस्तुत गरिएको, चिनीया अर्थविद र अन्य विविध क्षेत्रका वुद्धिजीवी र University का प्रोफेसरहरूको उपस्थितिमा चीनीया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको वर्तमान चीनको आर्थिक नीति र चीनले गरेको प्रगतिबारे गोष्ठीमा भाग लिएर अन्तक्र्रियामा समेत सामेल भएको र उपमन्त्री DOU ENYONG ले आयोजना गरेको दिवाभोजमा सरिक भएको के.सी.ले बताए ।
त्यस क्रममा भ्रमण टोलीले Great Wall of China को अवलोकन भ्रमण गरेको, त्यसै 16 july 2015 (३१ असार २०७२) मा Chairman Mao Memorial Hall को अवलोकन र चीनको राजधानीमा Beijing मा रहेको विश्वप्रख्यात तेन यानमेन चोकको भ्रमण अवलोकन गरेको समेत के.सी. ले जानकारी गराउनु भयो । चीनको विश्वमै नयाँ नयाँ प्रविधिको विकास र प्रयोग गरेर चीनलाई नयाँ आधुनिकीकरणमा परिणत गरेर अतुलनीय प्रगति र विकास गरेको सन् १९७६ नोभेम्वर ९ मा माओको निधन भएको एक महिनापछि तत्कालीन चिनीया नेतृत्वले प्रतिक्रान्ति गरेर पुँजीवादी बाटो अपनाएको चीनले अहिले चिनिया एकाधिकार पुँजीवादको विकास गरेर विश्वकै पहिलो धनी राष्ट्र बन्ने होडमा चीन दौडिराखेको देखिएको के.सी. ले बताउनु भएको छ । चीन सरकारले वर्तमान अवस्थामा अवलोकन गरेको खुला बजार अर्थतन्त्र, निजीकरणको तीव्र होडबाजी र सांस्कृतिक तथा सामाजिक विचलनले समेत चीन समाजवादी मुलुक नभएर एकाधिकारी पुँजीवादमा परिणत भइसकेको र निकट भविष्यमै चीन विश्वकै एक नम्बरको साम्राज्यादी शक्ति बन्ने होडमा चीन दौडिरहेको टोली नेता के.सी.ले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु