जिमेलबाट पठाएको इमेल अब फिर्ता हुने

२०७२ असार १० गते, बिहीबार

काठमाडौ । जिमेलबाट कसैलाई इमेल पठाउनुभयो । सेन्ड बटन थिचेपछि तपाईँले देख्नुभयो त्यो इमेल त अर्कैलाई गएछ । अब के गर्नुहुन्छ ? चिन्ता नगर्नुस गुगलले आफ्ना प्रयोगकर्तालाई जिमेल ‘अनसेन्ड’ (फिर्ता) गर्ने सुविधा थप गरेको छ । अब कसैलाई पठाइसकेको इमेललाई फिर्ता गर्नुपरे इमेल पठाएको ३० सेकेन्ड भित्र ‘अनसेन्ड’ बटन थिचे त्यो मेल फिर्ता हुन्छ । यो सुविधा प्राप्त गर्न सेटिङ्समा गएर अनसेन्ड गर्ने समयावधी सेट भने गर्नुपर्छ । उक्त समयावधी भित्र इमेल पठाउनेले ‘अन्डु’ भन्ने बटन थिचे मेल जाँदैन र फिर्ता आउँछ । – एजेन्सी

प्रतिक्रियाहरु