नक्कली लाइसेन्स बनाउने प्रहरीको फन्दामा

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं , २७ जेठ । सवारी–साधानको नक्कली लाइसेन्स बनाउने गिरोहका १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । नारायणगढस्थित सहिदचोकमा रहेको नमस्ते स्टेसनरी सेन्टरका सन्चालक दिलिप श्रेष्ठसहित ६ जना र ए टु जेड प्रिन्टिङ एन्ड ग्राफिक सेन्टरका सन्चालक धर्मपाल विकसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीहरुले नवीकरण गर्नुपर्ने सक्कली लाइसेन्सको स्टिकर निकालेर नक्कली लाइसेन्समा प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुबाट सरकारी कार्यालय तथा विद्यालयहरुका छाप, व्यक्तिहरुका जग्गाधनी प्रमाणपूर्जा र कीर्ते कागजपत्र बनाउन प्रयोग गरिने सामग्रीहरु बरामद भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रियाहरु