भूकम्प पीडितमाथि प्रहरी हस्तक्षेप , भोलि चितवन बन्द

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं, २२ जेठ । गत बैशाख १३ गते गएको विनासकारी भुकम्पवाट पिडित गोरखा, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपालचोक, दोलखा सहित विभिन्न जिल्लाका भुकम्प पिडित जनताहरु चितवनको विवादीत तथा सार्वजनिक स्थानमा टहरा बनाएर बसेको स्थानमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सो क्रममा भूकम्प पीडितहरु एक दर्जन बढी घाईते भएका छन् भने प्रहरीले माओवादीका जिल्ला सचिव महेश चौधरी, जिल्ला सदस्य रघु , भीम लामा सहितलाई गिराफ्तार गरेको छ ।
प्रहरीले भूकम्प पीडितहरुलाई अस्थायी टहरा बनाएर बसेको मंगलपूरको फूर्तिचोकबाट हटाउन हस्तक्षेप गरेको हो । प्रहरीले भूकम्प पीडितको टहराहरु भत्काएको छ । यसैबीच सरकारी हस्तक्षेपको विरोध गर्दै भोली माओवादीले चितवन बन्द घोषणा गरेको छ । देशभरका भूकम्पपीडितहरुले सरकारी दमनकाे विराेध गर्नुकाे साथै भाेलीकाे चितवन बन्दप्रति एक्यवद्धता जनाएका छन् ।

प्रतिक्रियाहरु