पर्यटन प्रवर्द्धनमा लुम्बिनीका व्यवसायी

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । लुम्बिनी क्षेत्रका व्यवसायीहरुले ‘भिजिट लुम्बिनी हेल्प नेपाल’ अभियान सुरु गरेका छन् ।उनिहरुले विनाशकारी भूकम्पपछि सुस्ताएको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन सो अभियान सुरु गरेका हुन् । व्यवसायीले यही अभियान लिएर थाइल्याण्डमा पर्यटन प्रबर्द्धनका लागि जाने भएका छन् । सिद्धार्थ होटल एशोसियसन नेपाल -सान लुम्बिनी)का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको नेतृत्वमा पर्यटन ब्यबसायी तथा संचारकर्मिको ११ सदस्यिय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छ ।सानले थाइल्यान्डको प्रशिद्ध साकेत बौद्ध बिहारमा आइतबार लुम्बिनी र बौद्ध क्षेत्रहरुको बृहत फोटो प्रदर्शनीको आयोजना गर्ने जनाएको छ । प्रर्दशनीमा सञ्चारकर्मी तथा लुम्बिनीको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रचारक चेतन पन्तद्धारा संग्रहित तस्बिर एबं वृत्तचित्र प्रदर्शनी हुनेछ ।व्यवसायीले बैंककमा फोटो तथा बृत्तचित्र प्रदर्शनी, लुम्बिनीको प्रबर्द्धनात्मक प्रचार सामग्री प्रदर्शन तथा बितरण गर्ने भएका छन् । थाइल्यान्डका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालासँग लुम्बिनी भ्रमणसम्बन्धी अन्तरकृया आयोजना गर्ने बताइएको छ ।
थाइल्यान्ड रहँदा नेपाली दूताबास, गैरआवासीय नेपाली, नेपाललाई मायाँ गर्ने थाइहरुसँग लुम्बिनीको पर्यटन प्रबर्द्धनमा सघाउन छलफल तथा अन्तरकृया आयोजना गरिने भएको छ ।
भूकम्पपछि दिन प्रतिदिन होटल बुकिङ रद्द हुँदै गएपछि त्यस्लाई उकास्न लुम्बिनीसहित अन्य पर्यटकिय स्थलहरु भ्रमणका लागी सुरक्षित छन भनेर जानकारी गराउन लुम्बिनीका व्यवसायी कस्सिएका हुन् ।बिषम परिस्थितीमा सरकार राहत, पुनरनिर्माण लगायतका काममा जुटिरहेको हुँदा अहिले जसले जुन ठाउँबाट जे सक्छ त्यहीअनुसार गर्नुपर्ने महशुस गरी लुम्बिनीका व्यवसायी आफ्नै खर्चमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्न जुटेका हुन् ।टोलीमा सानका बरीष्ठ उपाध्यक्ष बिष्णु गौतम, उपाध्यक्ष किशोर जोशी, कोषाध्यक्ष भोजेन्द्र खत्री सदस्यहरु निर्मल श्रेष्ठ, प्रबिण शाक्य, श्रीचन्द गुप्ता, संचारकर्मी मनोरञ्जन शर्मा, शंकर पाण्डे तथा फोटोग्राफर उमंग पन्त रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु