लिपुलेक नाका खोल्ने सहमतिको नेपालका बुद्धिजीवीद्धारा विरोध

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं,२० जेठ । राष्ट्रिय बुद्धिजीवी संगठनले आज राजधानीमा गरेको कार्यक्रममा नेपालसँग छलफल नै नगरी विवादित क्षेत्र लिपुलेकमा व्यापारिक नाका खोल्ने चीन र भारतबीच भएको सहमतिको विभिन्न क्षेत्रका व्यक्तित्वहरुले विरोध गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा दुई देशबीच लिपुलेकमा भारत–चीन व्यापारिक नाका खोल्ने सहमति भएको थियो ।
राष्ट्रिय बुद्धिजीवी संगठनले बुधबार राजधानीमा गरेको कार्यक्रममा दलका नेता, सीमाविद्, बुद्धिजीवीलगायतले लिपुलेकको करिब ३ सय ७३ वर्ग किलोमिटर क्षेत्र नेपालको भू–भागमा रहेको भन्दै विवादित क्षेत्रलाई दुई देशको नाका बनाउन नमिल्ने बताएका हुन् । कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, तिलक परियारलगायतले लिपुलेकको विषयमा नेपाल सरकारले भारत र चीनसँग कुराकानी गरेर समाधान खोज्नुपर्ने बताए ।

प्रतिक्रियाहरु