यस्तो बच्चा जन्मिएपछि ….

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं,२० जेठ । चितवनको भरतपुर अस्पतालमा रत्ननगर नगरपालिका मालपुरकी वविता मुशहरले अनौठो स्वरुप भएको बच्चा जन्माएपछि हेर्नेको भिड लागेको छ । हिजो दिउसो अस्पताल भर्ना भएकी राती ९ः५० बजे जन्माएको दाँत सहित जन्मिएको बच्चा झट्ट हेर्दा विल्कुलै फरक स्वरुपकोदेखिन्छ । सो बच्चाको आँखा छैन भने शरिर कडा र हात खुट्टा बाँङ्गीएको छ । नौलो प्रकृतीको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकत्किसहरु अनुशन्धानमा लागेका छन् । यस्तो किसिमको असामान्य बच्चाहरु बेला बेलामा जन्मिने गरेको भएपनि ठ्याक्कै यस्तै बच्चा भने नदेखिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेलले बताए । प्रारम्भिक अनुशन्धानका क्रममा चिकित्सकहरुले सो वालकलाई अपाङ्ता भएको भनेका छन् । सामान्यतया वावु आमाको जीनमा परिवर्तन आउँदा असामान्य बच्चाको जन्म हुने गरेको डा. पोखरेलले बताए । त्यसैगरी गर्भवती महिलाले प्रयोग गर्ने औषधिका कारण पनि यस्तो समस्या देखिन सक्ने उनले बताए । बच्चाको शारिरिक वनावट देखिएपछि शरिर भित्रका अंगहरुको बिषयमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने उनले बताए । ‘तर यस्तो प्रकृतीको बच्चा बाँच्ने गरेका छैनन्’, डा. पोखरेल बताउछन । अस्पतालको प्रसुती विभागमा लामो समय देखि काम गर्दै आएकी स्वास्थ्यकर्मी पन्चु लामाले अहिले सम्म यस्तो बच्चा नदेखेको बताइन । झट्ट हेर्दा रोबोट जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भिड लाग्ने गरेको छ । कतिपयले त पैशा तिरेर बच्चालाई हेर्ने गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु