‘ पत्रकार बोहरामाथि हातपात गर्नेलाई कारबाही गर ‘

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं , २० जेठ । रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा पत्रकार शिव बोहरामाथि नेपाली कांग्रेसका नुवाकाटका सचिव तथा अर्थमन्त्रि रामशरण महतका पी ए रमेश महतलाइ प्रश्न सोद्धा हातपात गर्नेलाई कारबाही गर्न माग गरिएको छ । नेपाल आर्थिक पत्रकार समाजले कारोबार दैनिकका पत्रकार शिव बोहरामाथि भएको हातपातको भर्त्सना गर्दै हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । रिपोर्टर्स क्लबमा नेपाली कांग्रेसका नुवाकाट सचिव रमेश महतले गरेको पत्रकार सम्मेलनमा प्रश्न सोधेकै कारण बोहराले पिटाई खानुपरेको थियो ।
महतले आयोजना गरेको जस्तापाता अनियमिततासम्बन्धी पत्रकार सम्मेलनमा बोहराले प्रश्न गरेका थिए । प्रश्न सोधेर नसकिँदै उनीमाथि महतका कार्यकर्ता जाइलागेका थिए । समाजले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रियाहरु